५० करोड रुपैयाँको बैदेशिक रोजगार बचतपत्र निष्काशन गर्दै राष्ट्र बैंक, १२.५ प्रतिशत ब्याज पाइने
यो बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासी नेपालीले आफू वा आफ्नो परिवारका सदस्य (बुवा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरीमात्र) को नाममा खरिद गर्न सक्नेछन्।