२० बैशाख, २०८१ बिहिबार

04:33:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन, कुन मन्त्रालयलाई कति ?

Nepal Business

१६ जेठ, २०७९

आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको बजेट

आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन, कुन मन्त्रालयलाई कति ?

काठमाण्डौं । सरकारले आइतबार आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको बजेट ल्याएको छ । सो बजेट अर्थमन्त्री जनार्दन शर्माले जेठ १४ गते संसदमा प्रस्तुत गर्नुभयो । 

सरकारले ल्याएको बजेट शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, भौतिक पूर्वाधार, पर्यटन मन्त्रालय लगायतका लागि ठूलो रकमको बजेट विनियोजन गरेको छ । 

कुन मन्त्रालयलाई कति ?

सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई विशेष प्राथमिकतामा राखेको छ । सो बजेटमा कृषी तथा पशुपन्छी विकास मन्त्रालयको लागि सरकारले  ५५ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरको छ । 

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि ६९ अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लागि ७० अर्ब ५ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शर्माले जानकारी दिनुभयो । 

आगामी आर्थिक वर्ष खानेपानी मन्त्रालयले ३७ अर्ब ३५ करोड र युवा तथा खेलकुद मन्त्रालयको लािग २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लागि २१ अर्ब ६२ करोड रुपैयाँ विनियोजन गरिएको छ । जसमा पर्यटन क्षेत्रको लागि ९ अर्ब ३८ करोड र हवाई पूर्वाधार विकासका लागि १२ अबै २४ करोड रुपैयाँको बजेटमा व्यवस्था गरिएको छ।

यसैगरी उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि १० अर्ब ४८ करोड रुपैयाँ व्यवस्था बजेटमा गरिएको छ । सरकारले अर्थ मन्त्रालयका लागि ४१ अर्ब ६६ करोड ८० लाख रुपैयाँ विनियोजन गरेको छ। 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको लागि ७ अर्ब १५ करोड ६ लाख रुपैयाँ बजेट छुट्टयाइएको छ। वन तथा वातावरण मन्त्रालयको लागि १३ अर्ब रुपैयाँको व्यवस्था गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको लागि १ अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको लागि ८८ करोड ६७ लाख रुपैयाँ छुट्टयाइएको छ ।

रक्षा मन्त्रालयका लागि ५५ अर्ब ४७ करोड ३८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि ४ अर्ब ६० करोड ७८ लाख रुपैयाँको बजेट विनियोजन भएको छ । 

परराष्ट्र मन्त्रालयको लागि ५ अर्ब ८३ करोड ३५ लाख रुपैयाँ छुट्टयाइएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लागि १ अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरिएको छ भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको लागि ९ अर्ब १३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ भने सहरी विकास मन्त्रालयको लागि ३७ अर्ब ७३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको लागि २५ अर्ब ३ करोड रुपैयाँ छुट्टयाइएको छ भने उर्जा, जलस्रोत तथा सिँचाईको लागि १ खर्ब ३९ करोड ६८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको लागि ८ खर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।