८ मंसिर, २०८१ शनिबार

01:31:53 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

६ लघुवित्तले एफपिओ निष्काशन गर्दै, कुनको कति ?

१६ जेठ, २०७९

६ लघुवित्तले एफपिओ निष्काशन गर्दै, कुनको कति ?

काठमाडौं । विभिन्न ६ लघुवित्त कम्पनीहरुले एफपिओ निष्काशन गर्ने भएका छन् । एफपिओ निष्काशन स्वीकृतिको पर्खाइमा नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ६ लघुवित्त रहेका छन् ।  एफपिओ निष्कासन पर्खाइमा धितोपत्र बोर्डमा नयाँ सारथी लघुवित्त, उन्नती सहकार्य लघुवित्त, किसान लघुवित्त युनिक नेपाल लघुवित्त, समता घरेलु लघुवित्त र मिर्मिरे लघुवित्त वित्तिय संस्थाहरुले बोर्डमा एफपिओ निष्काशनको अनुमति माग्दै निवेदन पेस गरेका छन् ।

१. नयाँ सारथी लघुवित्त वित्तिय संस्था

नयाँ सारथी लघुवित्त वित्तिय संस्थाले गत भदौ ९ गते ३ लाख २९ हजार ६४९ कित्ता एफपिओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको हो ।  लघुवित्त कम्पनीले ११६ रुपैयाँ अंकित दरमा ३ करोड ८२ लाख रुपैयाँ बढीको एफपिओ जारी गर्न अनुमति मागेको हो । एफपीओ निष्कासनको लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

२. उन्नति सहकार्य लघुवित्त

उन्नति सहकार्य लघुवित्तले २ करोड ८३ लाख ७३ हजार ७३७.६७ रुपैयाँ बराबरको १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ जारी गर्न बोर्डसँय अनुमति मागेको हो ।  लघुवित्तले १०० रुपैयाँ अंकित मूल्यमा ५९ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १५९ रुपैयाँमा एफपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । लघुवित्तको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरिएको छ ।

३. किसान लघुवित्त वित्तिय संस्था

किसान लघुवित्त वित्तिय संस्थाले असार २९ गते १२ लाख ८९ हजार २५९ कित्ता एफपिओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले १२५ रुपैयाँको दरले १६ करोड २२ लाख ८२ हजार ४३६ रुपैयाँ बराबरको एफपिओ जारी गर्ने अनुमति मागेको हो । एफपीओ निष्कासन प्रयोजनको लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

४. युनिक नेपाल लघुवित्त वित्तिय संस्था

युनिक नेपाल लघुवित्त वित्तिय संस्थाले चैत्र १७ गते ३ लाख ७९ हजार ४२५ कित्ता एफपिओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।  कम्पनीले १०० रुपैयाँ अंकित दरकोे ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बढीको एफपिओ निष्काशन गर्न बोर्डमा अनुमति मागेको हो । कम्पनीकोे एफपीओ निष्कासन प्रयोजनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

५. मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्नका लागि कात्तिक २३ गते नेपाल धितोपत्र बोर्ड (सेबोन) निवेदन दिएको हो । कम्पनीले १ सय रुपैयाँ अंकित दरमा ७७ रूपैयाँ ८ पैसा प्रिमियम थपेर प्रतिकित्ता १ सय ७७ रूपैयाँ ८ पैसामा ९१ लाख २३ हजार ९ सय ८४ रूपैयाँ बराबरको ५१ हजार ३ सय १६ कित्ता एफपीओ निष्कासन गर्नका लागि बोर्डमा अनुमति माग गरेको हो । संस्थाले एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

६. समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले फर्दर पब्लिक ईस्यु (एफपीओ) निष्कासन गर्ने भएको छ ।  साविक समता लघुवित्त वित्तिय संस्था लिमिटेड र साविक घरेलु लघुवित्त वित्तिय संस्थाबीच सेयर आदान प्रदान दर १००ः८० (समताःघरेलु) कायम हुने गरी गाभिए पश्चात् संस्थाको कुल चुक्ता पुँजी २८ करोड ५६ लाख २० हजार १ सय ६० रूपैयाँको २० प्रतिशत बोनस पश्चात् कम्पनीको चुक्ता पुँजी ३४ करोड २७ लाख ४४ हजार १ सय ९२ भएकोले सेयर संरचना ७०ः३० (संस्थापकः  सर्वसाधारण) कायम हुने गरि जारी हुन बाँकी सेयर फर्दर पब्लिक ईस्युद्धारा सर्वसाधारणमा जारी गर्नको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।