१४ बैशाख, २०८१ शुक्रबार

05:05:02 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लगानीमैत्री वातारण तयार गर्न सक्षम छौँ : गभर्नर अधिकारी

Nepal Business

२९ बैशाख, २०८०

आज सम्पन्न ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेल’ले नेपालमा लगानीको वातारण छ भन्ने सन्देश प्रवाह गर्ने

लगानीमैत्री वातारण तयार गर्न सक्षम छौँ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लगानीमैत्री वातावरण सिर्जना गर्न नेपाल सक्षम रहेको बताउनुभएको छ। उहाँले नेपालमा लगानी गर्नका लागि अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाले चासो देखाइरहेको जानकारी दिँदै भन्नुभयो, “नेपाल लगानीमैत्री वतावरण निर्माण गर्न सक्षम छ, हामी गर्वका साथ भन्न सक्छौँ, हामी लगानीमैत्री वातावरण तयार गर्छौं ।” 

लगानी बोर्ड र स्टान्डर्ड चार्टर्ड बैंकको संयुक्त आयोजना र नेपाल आर्थिक पत्रकार समाज ९सेजन०को संयोजनमा आज काठमाडौँमा सम्पन्न ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’मा उहाँले थप्नुभयो “अन्तर्राष्ट्रिय लगानीकर्ताले नेपालको अवस्थालाई नजिकबाट नियालिरहेका छन् । हाम्रो अवस्थालाई अन्य देशसँग तुलना गरिरहेका छन्, यद्यपि उनीहरू लगानीका लागि इच्छुक छन् ।” 

गभर्नर अधिकारीले आज सम्पन्न ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेल’ले नेपालमा लगानीको वातारण छ भन्ने सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो । 

सम्मेलनमा चार सत्रमा लगानीसम्बन्धी विभिन्न क्षेत्रमा बहस भयो । नेपालको लगानीका अवस्था एवं वित्तीय उपलब्धता, कानूनी, संस्थागत कार्यान्वयनको अवस्था, विकास र लगानी एवं सबल पक्षको उपयोग गर्दै अप्ठ्याराहरू निराकरण गर्नेजस्ता विविध विषयमा राष्ट्रिय एवं अन्तर्राष्ट्रि क्षेत्रका विज्ञहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ बाट उद्घाटसहित शुरु भएको सम्मेलनको समापन राष्ट्र बैंका गभर्नर अधिकारीले गर्नुभएको थियो ।