८ मंसिर, २०८१ शनिबार
01:32:15 PM
१६ जेठ, २०७९
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले उर्जा ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ७ प्रतिशत ब्याजदर भएको ‘निफ्रा उर्जा ऋणपत्र २०८५।०८६’ ऋणपत्र जारी गर्ने भएको हो । सो प्रयोजनका लागि निफ्राले एनआइबिएल एस क्यापिटल लिमिटेडलाई ऋणपत्र ट्रस्टि एवं निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
बैंकले उर्जा ऋणपत्र निष्काशन गर्ने प्रयोजनको लागि बैंक र एनआईबिएल एस क्यापीटल लिमिटेड बीच ऋणपत्र ट्रष्टि एवं ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धक नियुक्ती सम्बन्धी आपसि सम्झौता पत्रमा जेठ १३ गते हस्ताक्षर भएको हो ।