८ मंसिर, २०८१ शनिबार

01:32:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल टेलिकम सहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

१६ जेठ, २०७९

सोमबार नेपाल टेलिकमको ४ अर्ब ९६ करोड ३८ लाख ९७५ रुपैयाँको कारोबार भएको हो ।

नेपाल टेलिकम सहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयरबजार उच्च अंकले घटेको छ । प्रि ओपनिङ सेसनमा ३.६५ अंकले बढेको सेयरबजार कारोबार बन्द हुँदासम्म नेप्से परिसूचक .३३ अंकले घटेको छ ।

सोमबार २२७ वटा कम्पनीकाे ३४ लाख ५६ हजार ५ सय २९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३३ करोड ८८ लाख ५६ हजार २ सय ८२ रूपैयाँ बराबरको  कारोबार भएको छ । सोमबार कारोबार रकम घटेपनि नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसदिन कम्पनीको ४ अर्ब ९६ करोड ३८ लाख ९७५ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, सोमबार अरुण भ्याली हाइड्रोपावरको ४ करोड ४१ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड २३ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको ४ करोड २ लाख रपैयाँ र नबिल बैंकको ३ करोड ९४ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।