८ बैशाख, २०८१ शनिबार

12:17:40 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नयाँ एक स्टक एक्सचेन्जका लागि तीन आवेदन

Nepal Business

१० बैशाख, २०८०

स्टक एक्सचेन्जको लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जको आवेदन परेको हो । हिमालयनको आवेदन शुक्रबार नै परेको थियो भने बाँकी २ आवेदन आज आइतबार परेको हो ।

नयाँ एक स्टक एक्सचेन्जका लागि तीन आवेदन

एउटा नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि तीन वटा आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन आज आइतबार वैशाख १० ३ वटाले आवेदन दिएको धितोपत्र बोर्डले जनाएको छ। 

स्टक एक्सचेन्जको लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जको आवेदन परेको हो । हिमालयनको आवेदन शुक्रबार नै परेको थियो भने बाँकी २ आवेदन आज आइतबार परेको हो ।

स्टक एक्सचेन्जको लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जको आवेदन परेको हो । हिमालयनको आवेदन शुक्रबार नै परेको थियो भने बाँकी २ आवेदन आज आइतबार परेको हो ।

हिमालयन स्टक एक्सचेन्जमा शंकर ग्रुप, गोल्छा ग्रुप, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका, भवानी राणा, खेतान ग्रुप, ज्योति ग्रुप, लक्की ग्रुप, दुगड ग्रुप लगायतको लगानी छ । 

त्यस्तै नेशनल स्टक एक्सचेन्जमा केडिया समूह र गैर आवासीय नेपालीको पनि लगानी छ । कम्पनीमा एनआरएनका हालका अध्यक्ष कूल आचार्य, र बद्री केसी, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष जिवा लामिछाने लगायतको लगानी रहेको छ । त्यस्तै  केडिया समूहका मनोज केडियाको लगानी रहेको छ । अग्नी ग्रुप, सिद्धार्थ ग्रुपको लगानी पनि यस कम्पनी रहेको बताईन्छ ।

अन्नपूर्ण एक्सचेन्जमा भने मुक्तिबोध न्यौपाने, सुरेन्द्रराज वाग्ले लगायतको लगानी छ । स्टक एक्सचेन्जमा व्यक्ति लगानी गर्न नपाइने भएकोले सबै लगानी संस्थागत हुन् ।