१४ बैशाख, २०८१ शुक्रबार

02:22:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कमोडिटी एक्सचेन्जका लागि पर्यो चार आवेदन, २ ले अनुमति पाउने

Nepal Business

१० बैशाख, २०८०

कमोडिटीको आवेदन दिनेमा मेक्स नेपाल, मल्टी डेरिभेटिभ, हिमालयन कमोडिटी र नेपाल मल्टी कमोडिटी रहेको छ । यी ४ मध्ये २ वटाले मात्र लाइसेन्स पाउने छन् ।

कमोडिटी एक्सचेन्जका लागि पर्यो चार आवेदन, २ ले अनुमति पाउने

वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज)को लाइसेन्सका लागि ४ वटा कम्पनीको आवेदन परेको छ ।

नेपाल धितोपत्र बोर्डले मागेको आवेदनको अन्तिम दिन आज आइतबारसम्ममा ४ वटा कम्पनीले आवेदन दिएको हो । सबै कम्पनीले आजै आवेदन दिएका बोर्डले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डले मागेको आवेदनको अन्तिम दिन आज आइतबारसम्ममा ४ वटा कम्पनीले आवेदन दिएको हो । सबै कम्पनीले आजै आवेदन दिएका बोर्डले जनाएको छ ।

कमोडिटीको आवेदन दिनेमा मेक्स नेपाल, मल्टी डेरिभेटिभ, हिमालयन कमोडिटी  र नेपाल मल्टी कमोडिटी रहेको छ । यी ४ मध्ये २ वटाले मात्र लाइसेन्स पाउने छन् ।  

बोर्डले गत असोज २ गते नै लाइसेन्सको लागि आवेदन माग गरेको थियो । तर अदालतमा मुद्दा परेपछि यस प्रक्रिया रोकिएको थियो । अदालतले मुद्दा खारेज गरेसंगे अब बोर्डलाई कमोडिटी एक्सचेन्जको आवेदन दिने बाटो खुलेको हो ।