१ असोज, २०८१ मंगलबार

01:57:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप ६ जनामा सङ्क्रमण पुष्टि, १३ जना संक्रमणमुक्त

Nepal Business

१६ जेठ, २०७९

हाल सङ्क्रमण दर १७.२ प्रतिशत छ ।

थप ६ जनामा सङ्क्रमण पुष्टि, १३ जना संक्रमणमुक्त

काठमाण्डौं । पछिल्लो समय ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १३ जना संक्रमणमुक्त भएका छन् ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलेकाअनुसार २ हजार ४११ जनामा परीक्षण गर्दा ६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६७ हजार ७८ पुगेको छ । यो दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म शून्य सङ्क्रमित भएको  जिल्ला ३२ पुगेका छन् । हाल सङ्क्रमण दर १७.२ प्रतिशत छ ।

नेपालमा प्रतिदश लाखमा ३९३.४ को निधन भएको जनाइएको छ । आजै मात्र १३ हजार ८२९ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।