१६ चैत, २०८० शुक्रबार

12:27:44 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सामाजिक सुरक्षा कोष र ४४ अस्पतालबीच सम्झौता, उपचार खर्च सिधै २० प्रतिशत मात्रै बुझाए पुग्ने

Nepal Business

२५ चैत, २०७९

२०७९ फागुन १ यता देशभरका विभिन्न १५ वटा स्थानमा अनलाइन ९लाइभ० सम्झौता भएका ४४ अस्पतालबाट मात्र औषधि उपचारबापतको सुविधा भुक्तानी हुनेछ । त्यसबाहेकका जुनसुकै अस्पतालमा उपचार गर्दा कोषको कार्यालयमा आवश्यक कागजात बुझाएर दाबी गर्नुपर्ने हुन्छ ।

सामाजिक सुरक्षा कोष र  ४४ अस्पतालबीच सम्झौता, उपचार खर्च सिधै २० प्रतिशत मात्रै बुझाए पुग्ने

सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि ४४ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता भएको हो ।

सम्झौता भएका अस्पतालबाट सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्नेछ । अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गतका स्वास्थ्य सुविधा लिँदा लाभग्राहीपछि दाबी गर्नुपर्ने झन्झटबाट मुक्त हुनेछन् ।

नियमित योगदान गर्ने योगदानकर्ताले कोशी प्रदेशका ९, मधेस प्रदेशका ९, बागमती प्रदेशका २०, गण्डकी प्रदेशका २ र लुम्बिनी प्रदेशका ४ वटा गरी कोषको प्रणालीसँग जोडिएका ४४ अस्पतालमा कोषको परिचय पत्र देखाएर सुविधा दिन सक्नेछन् ।

२०७९ फागुन १ यता देशभरका विभिन्न १५ वटा स्थानमा अनलाइन ९लाइभ० सम्झौता भएका ४४ अस्पतालबाट मात्र औषधि उपचारबापतको सुविधा भुक्तानी हुनेछ । त्यसबाहेकका जुनसुकै अस्पतालमा उपचार गर्दा कोषको कार्यालयमा आवश्यक कागजात बुझाएर दाबी गर्नुपर्ने हुन्छ । 

आगामी दिनमा अस्पतालको आबद्धतालाई संख्यात्मक र गुणात्मक रुपमा बढाउँदै लैजाने प्रतिबद्धता कोषले जनाएको छ ।