१३ बैशाख, २०८१ बिहिबार

09:18:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्वास्थ्य र शिक्षालाई सेवाका रुपमा प्रवाह गर्नुपर्छः महानगर प्रमुख साह

Nepal Business

२८ जेठ, २०७९

अस्पतालबाट असहाय, गरिब तथा आर्थिक अभाव भएकालाई निःशुल्क उपचारको ग्यारेन्टी गर्न पनि उक्त चिकित्सालयलाई निर्देशन दिनुभयो ।

स्वास्थ्य र शिक्षालाई सेवाका रुपमा प्रवाह गर्नुपर्छः  महानगर प्रमुख साह

काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वास्थ्य र शिक्षालाई व्यापारका रुपमा नभई सेवाका रुपमा प्रवाह गरिनुपर्नेमा जोड दिनुभएको छ ।  क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन अवलोकन तथा त्यहाँबाट  प्रवाह भइरहेको सेवाको अनुगमनका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।  

साहले उक्त अस्पतालबाट असहाय, गरिब तथा आर्थिक अभाव भएकालाई निःशुल्क उपचारको ग्यारेन्टी गर्न पनि उक्त चिकित्सालयलाई निर्देशन दिनुभयो । 

शिक्षा र स्वास्थ्य भनेको सरकारको प्राथमिक एजेण्डा हो यसलाई सेवाकै रुपमा लिनुपर्छ  व्यापार हुनु हुँदैन भन्ने सोचले काम गर्नुस् आवश्यक पर्ने सहयोग गर्न आफू तयार भएको उहाँले बताउनुभयो  ।   

स्वास्थ्य र सरसफाइमा कामपाले  उच्च चासो दिएको बताउँदै महानगर प्रमुख साहले यसका लागि नयाँ योजना तथा सल्लाह र सुझाव लिएर आउनेसँग सहकार्य गरिने प्रतिबद्धता पनि जनाउनुभयो ।