१३ बैशाख, २०८१ बिहिबार

02:25:14 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मन्सुरीको पेटमा कसले घुसाइदियो सिसाको बोतल ?

Nepal Business

२२ फागुन, २०७९

चितवनस्थित पुरानो मेडिकल कलेजका डा नारायण बेलबासे र एनेसथेसिया डा। राजेश यादवसहितको टोलीले पेटको शल्यक्रिया गरेर सिसाको बोतल निकालेको थियो । शल्यक्रियाको ४ घण्टापछि सोमबार साँझ मात्र नुर्सादको होस आएको डा। बेलबासेले बताए ।

मन्सुरीको पेटमा कसले घुसाइदियो सिसाको बोतल ?

पेटमा सिसाको बोतल देखिएपछि शल्यक्रिया गरिएका रौतहटको गुजरा नगरपालिका–९ अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीको सोमबार साँझ होस खुलेको छ । होसमा आएलगत्तै उनलाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ ।

हाल उनी चितवनस्थित पुरानो मेडिकल कलेजको आईसीयूमा चिकित्सकको निगरानीमै छन् । पेट दुखेपछि उपचारका लागि चन्द्रपुर अस्पताल लगिएका नुर्सादको एक्सरे गर्दा पेटमा सिसाको बोतल देखिएपछि थप उपचारका लागि उनलाई चितवनको पुरानो मेडिकल कलेज लगिएको थियो ।

हाल उनी चितवनस्थित पुरानो मेडिकल कलेजको आईसीयूमा चिकित्सकको निगरानीमै छन् । पेट दुखेपछि उपचारका लागि चन्द्रपुर अस्पताल लगिएका नुर्सादको एक्सरे गर्दा पेटमा सिसाको बोतल देखिएपछि थप उपचारका लागि उनलाई चितवनको पुरानो मेडिकल कलेज लगिएको थियो ।

चितवनस्थित पुरानो मेडिकल कलेजका डा नारायण बेलबासे र एनेसथेसिया डा। राजेश यादवसहितको टोलीले पेटको शल्यक्रिया गरेर सिसाको बोतल निकालेको थियो । शल्यक्रियाको ४ घण्टापछि सोमबार साँझ मात्र नुर्सादको होस आएको डा। बेलबासेले बताए ।

‘उनी होसमा आइसकेका छन् । अझै खतरामुक्त भइसकेका छैनन्,ु उनले भने, ‘मलद्वारबाट सिसी पसाएको हुनाले ठूलो आन्द्रामा समेत प्वाल परेको पाइएको छ । उनी स्वास्थ्य निगरानीमै छन् ।’

नुर्सादको दिसा पेटभरि फैलिसकेकाले अवस्था अझै जटिल नै रहेको डा। बेलबासेले बताए । मेडिकल कलेजका अनुसार उनलाई अहिले भेन्टिलेटरबाट पोस्ट आईसीयूमा सारिएको छ । आफ्नै साथीले बोतल पेटभित्र पसाइदिएपछि अत्यधिक पेट दुखेर उनलाई उपचारका लागि चन्द्रपुर अस्पताल लगिएको थियो । त्यहाँ पेटको एक्सरे गरेर हेर्दा मात्रै पेटमा सिसाको बोतल रहेको देखिएको थियो ।

इलाका प्रहरी कार्यालयले भने सिसाको बोतल पेटभित्र पसाउने व्यक्तिको पहिचान हुन नसकेको जनाएको छ । प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ । नुर्साद होसमा आएपछि नै उनीसँग प्रहरीले बयान लिने प्रयास गरेको जनाएको छ । चिकित्सकका अनुसार उनी विस्तारै बोल्नसक्ने पनि भएका छन् ।