११ बैशाख, २०८१ मंगलबार

07:23:27 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२२ जनाले पाए राष्ट्रिय हेल्थ अवार्ड

Nepal Business

१७ बैशाख, २०८०

स्वास्थ्य मिडिया नेटवर्कका अध्यक्ष सन्दीप श्रेष्ठले विगत ८ वर्षदेखि स्वास्थ्य क्षेत्रको विकास र प्रवद्र्धनमा आफ्नो तर्फबाट केही प्रयास गरिएको र दुरदराजमा पुगेर सेवा गर्ने चिकित्सकको प्रेरणाका लागि पनि अवार्डलगायतका कार्यक्रम गर्दै आएको बताउनुभयो ।

२२ जनाले पाए राष्ट्रिय हेल्थ अवार्ड

काठमाडौँमा चिकित्सक, स्वास्थ्यकर्मी र पत्रकारसहित २२ जनालाई राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट सम्मान गरेको छ । 

स्वास्थ्य मिडिया नेटवर्कले १५ जना चिकित्सक, तीन जना स्वास्थ्यकर्मी र चार जना पत्रकारलाई शनिबार अवार्ड प्रदान गरेको हो । 

स्वास्थ्य मिडिया नेटवर्कले १५ जना चिकित्सक, तीन जना स्वास्थ्यकर्मी र चार जना पत्रकारलाई शनिबार अवार्ड प्रदान गरेको हो ।  अवार्ड पाउनेहरुमा  कोसी प्रदेशबाट  मुटुरोग विशेषज्ञ प्राडा राजेश नेपाल, मधेश प्रदेशबाट मुटु शल्यचिकित्सक डा महमद अफ्रोज अन्सारी र फिजिसियन डा रामप्रताप शाह रहनुभएको छ ।

बागमती प्रदेशबाट अर्थपेडिक प्राडा सुरेश पाण्डे, क्यान्सर रोग विशेषज्ञ डा  विश्वराज पोखरेल, मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिल तथा मृगौला रोग विशेषज्ञ डा दिव्य सिंहलाई पनि अवार्ड प्रदान गरिएको थियो । बागमती प्रदेशबाट बाल रोग विशेषज्ञ प्राडा रामनन्दन प्रसाद चौधरी र रेडियोलोजिष्ट डा आनन्दप्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो ।

गण्डकी प्रदेशबाट चिकित्सक प्राडा गिरिधारी शर्मा पंगेनी, फिजिसिनय डा सरोज पोखरेल र डा आनन्द भट्टराईलाई सम्मान गरिएको छ । लुम्बिनी प्रदेशबाट  मुटुरोग विशेषज्ञ डा सचिन ढुंगेल, कर्णाली प्रदेशबाट डा डम्बर खड्का र सुदुरपश्चिम प्रदेशबाट फिजिसियन डा  शुभेषराज कायस्थलाई सम्मान गरिएको थियो । 

स्वास्थ्यकर्मीतर्फ सन्तोष केसी, राजेन्द्रप्रसाद पोखरेल र शंकर खरेल सम्मानित हुनुभयो भने  पत्रकारतर्फ वुद्धिबहादुर केसी, कमला गुरुङ, अनिता श्रेष्ठ र सुमन खत्रीलाई अवार्ड प्रदान गरिएको स्वस्थ्य मिडिया नेटवर्कका अध्यक्ष सन्दीप श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा आयोजित उक्त समरोहमा नेपाली काँग्रेसका नेता, पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले अवार्ड वितरण गर्नुभएको थियो । समारोहमा बोल्दै नेता सिंहले परिवर्तित वर्तमान समाजको माग र चाहना अनुसार जनताहरुलाई स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । यसका लागि सबै राजनीतिक दलले विशेष ध्यान दिनुपर्नेमा उहाँको जोड थियो ।

एक राजनीतिक प्रसङ्ग जोड्दै सांसदसमेत रहनुभएका नेता सिंहले अहिले नेपालको निर्वाचन मोडल नै मिलीजुली सरकार बनाउने खालको रहेको उल्लेख गर्दै कुनै एक दलले बहुमत ल्याउन गाह्रो हुने बताउनुभयो ।

काँग्रेसका युवा नेता नैनसिंह महरले स्वस्थ्य क्षेत्रको विकासका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने र यस्ता कार्यक्रमले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । 

समारोमा नेपाल चिकित्सक संघका अध्यक्ष अनिल कार्कीले नेपालमा चिकित्सा शिक्षा र सेवा गुणस्तरका विषयमा सकारात्मक बहस जरुरी रहेको बताउनुभयो । उहाँले कतिपय अबस्थामा सञ्चारमाध्यामबाट भ्रम फैलिने गरी समाचारहरु आइरहेको सन्दर्भ जोड्दै उहाँले यसतर्फ गम्भिर हुनुपर्नेमा जोड दिनुभयो । 

स्वास्थ्य मिडिया नेटवर्कका अध्यक्ष सन्दीप श्रेष्ठले विगत ८ वर्षदेखि स्वास्थ्य क्षेत्रको विकास र प्रवद्र्धनमा आफ्नो तर्फबाट केही प्रयास गरिएको र दुरदराजमा पुगेर सेवा गर्ने चिकित्सकको प्रेरणाका लागि पनि अवार्डलगायतका कार्यक्रम गर्दै आएको बताउनुभयो ।