१६ चैत, २०८० शुक्रबार

06:24:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ र दुर्गा प्रसाईंबीच यस्तो छ साँढे २ करोड डिल (कुराकानीसहित)

Nepal Business

२६ चैत, २०७९

प्रचण्ड सरकारमा सहभागी रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दाबी गर्दै आएको थियो ।

 रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ र दुर्गा प्रसाईंबीच यस्तो छ साँढे २ करोड डिल (कुराकानीसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ ।

आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग रकम मागेका हुन् ।

आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग रकम मागेका हुन् ।
कपुरबोट डटकमले सार्वजनिक गरेको अडियोमा सांसद श्रेष्ठले आफ्नो दलले स्वास्थ्य मन्त्रालय पाउने भएको र मन्त्री बन्नका लागि नेताहरुले आफूसँग साढे २ करोड मागेको बताएका छन् ।

प्रचण्ड सरकारमा सहभागी रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दाबी गर्दै आएको थियो ।

३ माघमा मन्त्रिपरिषद् विस्तार हुनुअघि भएको यो संवादमा सांसद ढाकाकुमार श्रेष्ठले भनेका छन्, ‘स्वास्थ्य हामीले पाउने भयो, पार्टीलाई सहयोग गर, साढे २ जति चाहियो भन्दै थिए । मेरो पक्का भयो, मैले आज फिक्स गर्नु छ क्या सर १’

उनले अगाडि भनेका छन्, ‘मन्त्री पनि बन्नुपर्‍यो, धोइपखाली गरेर स्वास्थ्य क्षेत्र पूरा सफा पनि गर्नु छ । मैले धेरै गर्छु भनेर सोचेको छु, त्यसमा हजुरहरुको सहयोग पनि चाहियो ।’

सुरुदेखि नै रविलाई सहयोग गर्दै आएको कोर टिमले रकम मागेको सांसद ढाकाकुमारले बताएका छन् । उनले भनेका छन्, ‘रवि सर देखा पर्नुभएको छैन, बाहिरका २र३ जना साथी हुनुहुन्छ । उहाँहरुलाई दिने हो, पार्टीलाई जान्छ भनेका छन् ।’

पढ्नुहोस् अडियो कुराकानी लिखित रुप

दुर्गा प्रसाईं : नमस्ते के छ नि हालखबर ?

ढाकाकुमार श्रेष्ठ : ठीक छ सर, म पनि भर्खर भर्खर उठेको ।

दुर्गा प्रसाईं : त्यही त राति अनि मैले पनि फोन अफ गरें । सुत्ने बेला भएर चार्जमा राखेर सुतें । अनि नि, खास चाहिँ कुरा के मलाई अलिकति भन्नु त डाक्टर साब ।

ढाकाकुमार श्रेष्ठ : स्वास्थ्य हामीले पाउने भयौ‌ं । पार्टीलाई अलि अलि सहयोग गर भनिएको छ । आन्तरिक कोर टिम २/३ जनाको । साढे २ जति चाहियो भन्दै थिए मलाई हिजो । मेरो पक्का चाहिँ पक्का भयो । आज त्यो मैले फिक्स गर्नुछ के दाइ, सर । म फेरि आर्थिकमा त्यस्तो उ छैन । मन्त्री पनि बन्न पर्‍यो । धोइपखाली गरेर यो स्वास्थ्य क्षेत्र सुधार्न छ ।

ढाकाकुमार श्रेष्ठ : केही गर्छु भनेर मैले सोच गरेको छु । त्यसमा हजुरहरुको सहयोग सपोर्ट चाहियो ।

दुर्गा प्रसाईं : अच्छा, मैले तपाईसँग एउटा कुरा बुझ्न खोजेको । राष्ट्रिय स्वतन्त्र पार्टीमा डाक्टर भनेको मैले त डाक्टर तोसिमा कार्की मात्रै छिन् भनेर बुझेको थिएँ ।

ढाकाकुमार श्रेष्ठ : होइन नि हामी तीन जना छौं ।

दुर्गा प्रसाईं : को को ?

ढाकाकुमार श्रेष्ठ : म भएँ, तोसिमा कार्की र चन्दा कार्की ।

दुर्गा प्रसाईं : ए साच्ची चन्दा कार्की म्याम पनि हुनुहुन्छ नि है ?

ढाकाकुमार श्रेष्ठ : चन्दालाई हजुरले चिन्नुहुन्छ होला ।

दुर्गा प्रसाईं : डाक्टर साबको घर चाहिँ कहाँ हो डाक्टर साब ?

ढाकाकुमार श्रेष्ठ : मेरो पोखरा हो सर ।

दुर्गा प्रसाईं : ए, अनि एमबीबीएस कहाँ गरेको ?

ढाकाकुमार श्रेष्ठ : मैले चाइनाबाट हो सर ।

दुर्गा प्रसाईं : ए । अनि एमडी ?

ढाकाकुमार श्रेष्ठ : एमडी अहिले मैले गरेको छैन । एमबीबीएस मात्रै हो ।

दुर्गा प्रसाईं : एमएस चाहिँ ?

ढाकाकुुमार श्रेष्ठ : पछि यता अर्कै तिर…। पढ्ने भन्दा भन्दै पोलिटिक्स तिर आएँ म ।

दुर्गा प्रसाईं : अब हेर्नुस है । स्वास्थ्यमा धेरै ठूलो समस्या छ । हैन डाक्टर साब ? देशमा भएका सबै नर्सिङ कलेज बन्द गराए । आज नर्स पढ्न पाउँदैनन् । दुबईका डान्सबारमा हाम्रै चेलीबेटीले डान्स गरेका छन् । त्यसो गर्न भन्दा नर्स पठाऔं । हो कि होइन ?

ढाकाकुमार श्रेष्ठ : हो नि त । हो नि त ।

दुर्गा प्रसाईं : मैले त डाक्टर उत्पादन गरौं । सयवटा मेडिकल कलेज खोलौं भनेको हुँ । हो कि होइन भन्नु त ? इण्डियाबाट विद्यार्थी ल्याऔं । हस्पिटल फ्री गरौं । कति राम्रो कुरा गरेको मैले ?

ढाकाकुमार श्रेष्ठ : हो नि ।

दुर्गा प्रसाईं : डाक्टर साबको नाम ढकबहादुर कि के हो ?

ढाकाकुमार श्रेष्ठ : ढाकाकुमार श्रेष्ठ

दुर्गा प्रसाईं : ए, ढाकाकुमार श्रेष्ठ । अच्छा मैले त्यो कुरो बुझें । सल्लाह गरेर अघि बढौंला । तपाईसँग मैले एउटा कुरा भन्न खोजेको, अहिले हामी त ह्वाट्स एपमा छौं । मतलब भएन । मुकुलहरुले त स्वास्थ्य र शिक्षा नलिने भन्थे त ?

ढाकाकुमार श्रेष्ठ : स्वास्थ्य, शिक्षा नलिने…। मुकुलजीलाई यो कुरा त्यति थाहा छैन सर । आन्तरिक कुरा हो । मुकुल जी पनि त्यो कोर टिममा हुनुहुन्न के । बाहिर बाहिर महामन्त्री नै हो । हजुरलाई पार्टीको कुरा गर्दा त्यहाँ २/३ जना छुट्टै हुनुहुन्छ रविसरलाई धेरै सहयोग गर्ने । सुरुवाती क्षणदेखि नै धेरै सहयोग गर्ने । त्यो टिमबाट मलाई कुरा आएको हो । आज मैले पैसा पेश गर्नुपर्दछ । उधारो हुन्न भन्छन् फेरि ।

दुर्गा प्रसाईं : क्यास पैसा । अढाई करोडको कुरा आयो ? दुई करोड ?

ढाकाकुमार श्रेष्ठ : दुई साढे दुई करोड भनेका छन् । अहिले मैले एक दिएँ भने पनि मान्छन् होला । पछिको चेक दिए पनि मान्छन् के २/३ दिनको ।

दुर्गा प्रसाईं : आज बन्द छ नि त । सुन्नुस् है कुरा । बैंकबाट ९ लाख ९९ हजार भन्दा बढीको चेक साटिँदैन । सुन्नुस् क्लियर कुरा । एउटा टाइम राखेर गर्ने हो भने मैले दिन्छु, म सहयोग गर्छु तपाईंले भनिहाल्नुभयो । भोलि मेरो पनि काम गर्नुपर्छ तपाईंले?

ढाकाकुमार श्रेष्ठ : होइन, होइन त्यो त म गर्छु । मलाई त यो गोविन्द केसी देखेर दिक्क लाग्छ । कहिले मर्छ जस्तो लाग्छ । पुरै एमबीबीएस पढ्न नपाएको पनि तिनले गर्दा हो ।

दुर्गा प्रसाईं : मैले मेरी छोरीलाई एमडी पढ्न जापान पठाउन पर्‍यो । टोकियो युनिभर्सिटीमा ३ करोड तिरेर । मेरो आफ्नोमा पढाउन पाइनँ ।

ढाकाकुमार श्रेष्ठ : त्यही त । यो सबै बेथिति छ ।

दुर्गा प्रसाईं : मेरो त हेर्नुस् न । म त कति मरेको छु । मेरो मेडिकल कलेज हेर्नुस् त । सबै भौतिक पूर्वाधार पुगेको र काठमाडौं उपत्यका बाहिरको । मेची अञ्चलमा ३२ लाख पपुलेसन छ । म त डुबेको छु कि छैन ? म त मर्न मात्रै बाँकी छ ।

ढाकाकुमार श्रेष्ठ : त्यही त । यस्तो कुरा हटाउनुपर्छ सर । यो पनि समस्या समाधान गर्नुपर्दछ ।

दुर्गा प्रसाईं : शिक्षा चाहिं कसले लिने भएछ भाइ, हँ डा साब?

ढाकाकुमार श्रेष्ठ : शिक्षा हामीलाई परेन जस्तो छ सर ।

दुर्गा प्रसाईं : ए, शिक्षा हजुरबुवा (केपी शर्मा ओली) ले राखे होलान् ।

ढाकाकुमार श्रेष्ठ : अँ सायद राख्नुभयो होला ।

दुर्गा प्रसाईं : किनभने यसपालि मेरो कलेजलाई पनि एफिलिएसन दिनुपर्ने छ के हजुरबुवाले ? सबै कुरा सकिएको छ कि । काठमाडौं युनिभर्सिटीले एफिलिएसन दिएको छ । सिट मात्रै टुंगिएको छैन । त्यो (श्रीकृष्ण) गिरी त नारायणकाजीको मान्छे हो नि त । त्यहाँबाट पैसा उठाएर लगेर नारायणकाजीलाई बुझाउने मान्छे हो के त्यो ।

ढाकाकुमार श्रेष्ठ : ए हजुर हजुर ।

दुर्गा प्रसाईं : यसो गर्नुस् न त ।

ढाकाकुमार श्रेष्ठ : हजुर निश्चिन्त हुनुस् । अब काम तपाईं म मिलेर गर्ने हो ।

दुर्गा प्रसाईं : एकछिन एकछिन । भोलि केपी ओली झापा आउँदै हुनुहुन्छ । भोलि दुई गते । आज त छुट्टी भइगयो । म भोलि बेलुका हजुरबुबासँगै म काठमाडौं आउँछु । तपाई र म भेटौला । तपाईंको यो उस्को ग्यारेन्टी गर्नुस् । तपाईलाई गर्ने सहयोग म गर्छु । तपाईंले भन्नुभयो नि, जुन दुई । म आएर गरौला । तर अलिकति टाइम लाग्छ है । पैसा मिलाएर निकाल्नुपर्छ । त्यत्तिकै निस्किँदैन हचुवामा । अहिले त बैंकले जम्मै सिस्टम खोज्छ । त्यति सजिलो हुँदैन । भ्वाक भ्वाक बाकसमा पैसा लिएर त गाह्रो छ ।

ढाकाकुमार श्रेष्ठ : अँ ।

दुर्गा प्रसाईं : कुरो बुझ्नु भयो के ? त्यो त कसैले पनि दिन सक्दैन, आजको आजै पैसा । नेपालमा कसैले सक्दैन ।

ढाकाकुमार श्रेष्ठ : त्यही त ।

दुर्गा प्रसाईं : अनि फेरि हिजो ।

ढाकाकुमार श्रेष्ठ : समस्या छ त ।

दुर्गा प्रसाईं : हिजो पुस मसान्त । हिजो बैंकको ब्याज बुझाइयो ।

ढाकाकुमार श्रेष्ठ : अँ । हजुरलाई नि साह्रै गाह्रो छ होला है बिचरा ।

दुर्गा प्रसाईं : गाह्रो छ नि । म त हिजो पुस मसान्तमा ब्याज बुझाएँ । मेरो उ स्वास्थ्य बीमाको पैसा १४, १४–१५ करोड पैसा अझै दिएको छैन स्वास्थ्य बीमाले अढाई वर्षदेखि ।

ढाकाकुमार श्रेष्ठ : अँ । बीमा पनि अहिले नेपालमा १२ अर्बको चैं लगानी हुने रहेछ नेपालमा ।

दुर्गा प्रसाईं : हो त नि ।

ढाकाकुमार श्रेष्ठ : बीमा पनि सप्बैतिर लागू गर्नु पर्ने छ ।

दुर्गा प्रसाईं : हैन त्यो त । बीमा कसरी लागु गर्ने म तपाईँलाई भन्दिन्छु । अब तपाईंले के कुरा ग्यारेन्टी गर्नु भने दुई करोड पैसा मैंले दिने भएँ तपाईँलाई हैन ।

ढाकाकुमार श्रेष्ठ : हजुर ।

दुर्गा प्रसाईं : यो पैसा पनि त तपाईंले उही रविलाई त बुझाउनु पर्ला नि हैन भोलिपर्सि ?

ढाकाकुमार श्रेष्ठ : अँ । मैले रवि सरलाई भन्दा पनि रवि सर देखा पर्नुभएको छैन । बाहिरको २ जना ३ जना साथीहरु हुनुहुन्छ ।

दुर्गा प्रसाईं : अँ ।

ढाकाकुमार श्रेष्ठ : उहाँहरुलाई दिने हो । अब पार्टीलाई जान्छ भनेका छन् क्यारे ।

दुर्गा प्रसाईं : अँ । अब यी सबै कमाउने त हुन् नि भाइ । अब के भन्नु ?

ढाकाकुमार श्रेष्ठ : अँ, अब कसरी गर्छन् थाहा छैन । पार्टीमा जान्छ कि जान्न त्यो पनि मलाई थाहा छैन । मैले सोधेकै छैन क्या । पार्टी कमजोर छ । अहिले स्रोत यति छ साह्रै गाह्रो छ भन्या छन् ।

दुर्गा प्रसाईं : ए ।

दुर्गा प्रसाईं : ल सर ठीकै छ । म भोलि बेलुका नभए पर्सि आउँछु अनि दाजु भाइ भेटौंला नि त । तपाईँले उ ग्यारेन्टी गर्नुस म दिन्छु । तर मलाई अलिकति टाइम चाहियो भन्नुस् ।

ढाकाकुमार श्रेष्ठ : अँ ।

दुर्गा प्रसाईं : है ।

ढाकाकुमार श्रेष्ठ : अँ । हुन्छ सर । म त्यो कुरा गर्छु ।

दुर्गा प्रसाईं : ल ल ल ल ।

ढाकाकुमार श्रेष्ठ : हजुर भोलि आउनुहुन्छ ? बेलुका ?

दुर्गा प्रसाईं : अँ म भोलि बेलुका । यहाँ हजुरबुबा आउने भएर बस्नुपर्‍यो कि । अनि म भोलि आउँछु ।

दुर्गा प्रसाईं : है । है है डाक्टर साब ।

ढाकाकुमार श्रेष्ठ : हस हस हस सर ।

दुर्गा प्रसाईं : हस हस हस ।

ढाकाकुमार श्रेष्ठ : हस हस हस । तपाईँ र म चाहिँ सबै सल्लाहले । के के गर्नुपर्छ ? सल्लाहले अघि बढौंला ।

दुर्गा प्रसाईं : तपाईंलाई मैले । तपाईँलाई मैले एउटा के कुरा ग्यारेन्टी गरेँ भने २ करोड रुपैयाँ दिने ग्यारेन्टी गरेँ । तपाईंलाई म सजिलो बाटो देखाइदिन्छु । त्यो आएर म आएर मिलाउँछु । त्यसमा पीर नगर्नुस् । उनीहरुसँग टाइम माग्नुस् । ल म दिन्छु भनेर भन्नुहोस् । सक्कियो कुरा ।

तपाईं र म एक ठाउँमा भेट्नुपर्छ । भेटिराख्नु पनि पर्दैन । फोन पनि गर्नु पर्दैन । तपाईँलाई । म जति भिडेको छु नि यो स्वास्थ्य क्षेत्रमा । गोविन्द केसी के भिडेको छ ? कुरो बुझ्नुभएन ?

ढाकाकुमार श्रेष्ठ : त्यै त ।

दुर्गा प्रसाईं : तपाईंलाई म आइडिया दिन्छु । यो दुई करोड तपाईंको ग्यारेन्टी भयो म दिन्छु । तपाईं पीर नगर्नुस् । तपाईं अघि बढ्नुस् ।

दुर्गा प्रसाईं : है । अब तोसिमाले लडाईँ त गर्दिनन् नि ? तोसिमा कार्कीले तपाईँसँग ?

ढाकाकुमार श्रेष्ठ : हैन । गर्दिनन् गर्दिनन् । केही समस्या छैन । त्यो त्यो टिमले गरेपछि सक्कियो । हामीले त सब्बै रवि सरलाई म्यान्डेड दिएका छौं ।

दुर्गा प्रसाईं : अँ ।

ढाकाकुमार श्रेष्ठ : उहाँले जस्लाई राख्नुभयो । राख्नुभयो त्यो ।

दुर्गा प्रसाईं : ए । ल । अब फेरि यस्तो भयो नि त । तोसिमाले पैसा निकाल्न पनि सक्दिनन् । तोसिमाले पैसाको कुरा गर्न सक्दिन । किन भन्नु न ? गोविन्द केसीको मान्छे भन्या छ के उसले । कहिँ कुरै गर्न मिल्दैन ।

दुर्गा प्रसाईं : उसँग डराउँछन् ।

ढाकाकुमार श्रेष्ठ : तिनी मन्त्री भइन् भने काम पनि छैन ।

दुर्गा प्रसाईं : काम छैन ।

दुर्गा प्रसाईं : हस् हस भाइ । हस हस डाक्टर साब ।

दुर्गा प्रसाईं : हस हस ल ल ।

ढाकाकुमार श्रेष्ठ : हस् हस नमस्कार ।