१० मंसिर, २०८१ सोमबार
01:50:20 AM
१७ जेठ, २०७९
छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ९८ हजार रुपैयाँमा कारोबार
काठमाण्डौं । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ ।
छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको ९८ हजार दुई सय रुपैयाँ थियो ।
तेजाबी सुनको मूल्य पनि तोलामा दुई सय रुपैयाँले घटेर ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुनको मूल्य तोलाको ९७ हजार सात सय रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।