१६ चैत, २०८० शुक्रबार

12:22:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दसैँ तिहार लक्षित सुबिसुको ‘स्मार्ट’ अफर सार्वजनिक

७ असोज, २०७९

दसैँ तिहार लक्षित सुबिसुको ‘स्मार्ट’ अफर सार्वजनिक

काठमाडौँ । इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिले दसैँ तिहारलाई लक्षित गर्दै स्मार्ट अफर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ तथा पुराना दुवै किसिमका प्रयोगकर्तालाई लक्षित गर्दै यो अफर ल्याएको हो ।

कम्पनीले ल्याएको ‘स्मार्ट डिल’ अफर अन्तर्गत ग्राहकले सुबिसुको कुनै पनि इन्टरनेट प्याकेज खरिदमा १५ हजार ८९८ रुपैयाँमा (भ्याट सहित) ३२ इन्चको स्मार्ट टिभी र १४ हजार ५०० रुपैयाँमा (भ्याट सहित) स्मार्टफोन प्राप्त गर्न सक्नेछन् ।

यसैगरी ‘स्मार्ट सेभिङ’ नामक अफरमा नयाँ ग्राहकले निकै सस्तो मूल्यमा सुबिसु इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नेछन् । जसअन्तर्गत १०० एमबीपीएस गतिको इन्टरनेट तीन महिनाका लागि चार हजार ९९९ रुपैयाँ (मासिक १,६६६ रुपैयाँ) र १२ महिनाको इन्टरनेट ११ हजार ९९९ रुपैयाँमै (मासिक एक हजार रुपैयाँमा) प्राप्त गर्न सकिनेछ ।

त्यस्तै ३०० एमबीपीएस गतिको इन्टरनेटलाई तीन महिनाका लागि सात हजार ९९९ रुपैयाँ र १२ महिनाका लागि १४ हजार ९९९ रुपैयाँ पर्नेछ । सबै प्याकेजमा डिभाइस, जडान शुल्क र भ्याट समावेश रहेको सुबिसुले जनाएको छ ।

पुराना ग्राहकहरूका लागि अन्य थुप्रै अफर समेत उपलब्ध रहेको भन्दै त्यसका लागि नजिकैको शाखा वा सम्पर्क केन्द्रमा गएर बुझ्न कम्पनीले आग्रह गरेको छ ।