२८ बैशाख, २०८१ शुक्रबार

06:48:48 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कोरियाबाट फर्किएका नेपालीको परियोजना सञ्चालन गर्न कोइकाले दियो ९६ करोड

Nepal Business

१६ जेठ, २०७९

उक्त रकम नेपाल सरकारको बजेट प्रणालीमा आबद्ध भई सञ्चालन हुनेछ । कोरियामा ६५ हजारभन्दा बढी नेपाली श्रमिक इपिएसमार्फत गएका छन् ।

कोरियाबाट फर्किएका नेपालीको परियोजना सञ्चालन गर्न कोइकाले दियो ९६ करोड

काठमाडौँ,

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का नेपालस्थित देशीय निर्देशक सुङहुन कोबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ । 

मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया गई फर्किएका नेपालीका लागि सञ्चालन हुने परियोजनाका साथै नेपाल र दक्षिण कोरिया सरकारबीचको सम्भावित साझेदारीका विषयमा विचारविमर्श भएको थियो ।

मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया गई फर्किएका नेपालीका लागि सञ्चालन हुने परियोजनाका साथै नेपाल र दक्षिण कोरिया सरकारबीचको सम्भावित साझेदारीका विषयमा विचारविमर्श भएको थियो ।

परियोजनामा (कोइका)ले आठ मिलियन अमेरिकी डलर (करिब रु ९६ करोड) सहयोग प्रदान गरेकामा मन्त्री श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभयो । कोइकाले उपलब्ध गराएको उक्त रकम सम्बद्ध सरकारी निकायको क्षमता अभिवृद्धि, पुनः एकीकरणसम्बन्धी सूचनामा पहुँच, कोरियाबाट फर्केर आएका नेपालीको उद्यमशीलतासम्बन्धी क्षमता अभिवृद्धि र वित्तीय पहुँचमा खर्च हुनेछ । 

उक्त रकम नेपाल सरकारको बजेट प्रणालीमा आबद्ध भई सञ्चालन हुनेछ । कोरियामा ६५ हजारभन्दा बढी नेपाली श्रमिक इपिएसमार्फत गएका छन् । उनीहरू स्वदेश फर्किएपछि पुनः एकीकरण र सीपमूलक तालिमका लागि कोइकाले सहयोग उपलब्ध गराएको हो ।

मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षमा सातवटै प्रदेशमा सीप विकास तालिम प्रतिष्ठान सञ्चालन गर्ने सरकारको योजना रहेको बताउँदै कोरिया सरकारसँग सहकार्यका लागि इच्छुक रहेको उल्लेख गर्नुभएको मन्त्रालयले जनाएको छ । 

दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत रोजगारीबाट करार अवधि सकिएर फर्किएका कामदारलाई पुनः एकीकरण तालिम सञ्चालन गर्न गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा पूर्वाधार निर्माण गर्नेछ ।