२६ बैशाख, २०८१ बुधबार

06:05:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

६१ करोडको लागतमा ‘दमक सपिङ कम्प्लेस’ बन्दै, ४२ करोड ऋण प्रवहा

Nepal Business

१६ चैत, २०७८

६१ करोडको लागतमा ‘दमक सपिङ कम्प्लेस’ बन्दै, ४२ करोड ऋण प्रवहा

काठमाण्डौं–नगर विकास कोषको सहरी पूर्वाधार विकास आयोजना अन्तर्गत हालसम्मकै ठूलो आयोजना ‘दमक सपिङ कम्प्लेक्स’ ६१ करोड रुपैयाँ लागतमा निर्माण हुने भएको छ।

‘दमक सपिङ्ग कम्प्लेक्स’ आयोजना निर्माणका लागि दमक नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता सम्पन्न भएको हो ।

शहरी पूर्वाधार निर्माणमा कोषको हालसम्मकै ठूलो लागतको आयोजनाका लागि नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीबीच ४२ करोड ८० लाख  रुपैयाँ बराबरको  सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो ।

‘दमक सपिङ्ग कम्प्लेक्स’ निर्माणको कुल अनुमानित लागत रकम ६१ करोड १४ लाख रुपैयाँ रहेको छ । सम्झौता अनुसार ७० प्रतिशत ऋण रकम कोषकोतर्फबाट र ३० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने बताइएको छ।

सम्झौता कार्यक्रममा दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाको पनि उपस्थिती रहेको थियो। दमक नगरपालिकाको करिब आठ कठ्ठा १३ धुर क्षेत्रफलमा निर्माण हुने यो आयोजनालाई नगरपालिकाको महत्वपूर्ण आयोजनाको रुपमा लिइएको छ।

सम्झौता कार्यक्रममा नगरपालिकाका प्रमुख तिम्सिनाले यो आयोजना प्राविधिक दृष्टिकोणबाट बृहत अध्ययन पश्चात निर्माण हुन गइरहेकोले आयोजना गुणस्तरीय रुपमा आधुनिक प्रविधियुक्त आयोजनाको रुपमा सम्पन्न हुनेमा विश्वस्त रहेको बताउनुभयो । 

उहाँले आयोजना समयमै सपन्न हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नगरपालिकाको लागि महत्वपूर्ण आयोजनाको लागि नगर विकास कोषको ऋण स्वरुप स्रोतको सुनिश्चितता भएकोमा खुशी व्यक्त गर्नुभयो।

कार्यक्रममा कोषका कार्यकारी निर्देशकले आधुनिक सेवा सुविधा, सुरक्षा तथा प्रविधिको हरेक पक्षलाई समेटर तयार भएको यो आयोजना नगरपालिकाको ‘आइकनिक’ आयोजनाको रुपमा स्थापित हुने र यसले स्थानीय जनताको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यकारी निर्देशक सापकोटाले आधुनिक सहरी सेवा सुविधा विस्तारका लागि आयोजनालाई अगाडि बढाउन नगरपालिकाको वर्तमान नेतृत्वको महत्वपूर्ण भूमिका रहेको बताउँदै नगरपालिकाको सहरी पूर्वाधार विकासमा लगानी बढाउन पाएकोमा खुशी व्यक्त गर्नुभयो।