८ मंसिर, २०८१ शनिबार

01:30:42 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल बैंक र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिबीच व्यावसायिक सम्झौता

nepalbusiness

१६ जेठ, २०७९

नेपाल बैंक र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिबीच व्यावसायिक सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखराबीच व्यावसायिक सम्झौता भएको छ। दुवै संस्थाबीचको आपसी सम्बन्धलाई वित्तीय कारोबारहरुमार्फत विस्तार गर्दै थप प्रगाढ बनाउने उद्देश्यका साथ सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

आइतबार पोखरा विन्ध्यवासिनीमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीको विशेष उपस्थितिमा सम्पन्न भएको उक्त सम्झौतापत्रमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका तर्फबाट अध्यक्ष एवम् वरिष्ठ समाजसेवी गणेश बहादुर श्रेष्ठ र बैंकका तर्फबाट गण्डकी प्रादेशिक कार्यालयकी प्रमुख प्रतिमा श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

उक्त समझदारीपश्चात् विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति मातहतका विभिन्न सामाजिक क्रियाकलाप, समितिका सदस्य तथा कर्मचारीहरुले नेपाल बैंकमार्फत गरिने वित्तीय कारोवारमा विशेष छुट प्राप्त गर्नेछन्।

नेपालभर २१७ शाखाहरु, १७९ एटिएम साथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हालग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधिमार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ । विगत केहि वर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामामुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपाल राज्यभर बैंकिङ्ग सेवाप्रदान गरिरहेको छ ।