८ मंसिर, २०८१ शनिबार

01:15:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर कारोबारको पहिलो दिन सोमबार सेयर बजारमा ५०.३३ अंकको गिरावट

Nepal Business

१६ जेठ, २०७९

सेयर बजार घट्दा १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार २८२ रुपैयाँको कारोबार

सेयर कारोबारको पहिलो दिन सोमबार सेयर बजारमा ५०.३३ अंकको गिरावट

काठमाण्डौं । सेयर कारोबारको पहिलो दिन सोमबार सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर बजार ५०.३३ अंकले घटेर नेप्से परिसूचक २१ सय ७३.४४ विन्दुमा झरेको छ । 

सेयर बजार घट्दा १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार २८२ रुपैयाँको कारोबार भएको छ भने ३४ लाख ५६ हजार ५२९  कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै आज सबै उपसमुह राताम्मे छन् । कम्पनीतर्फ भने बलेफी हाइड्रोपावर लिमिटेड ९.९९ प्रतिशत, उपकार लघुवित्तत वित्तीय संस्था ८.२३ र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड ३.०९ प्रतिशतले बढेका छन् ।