२१ बैशाख, २०८१ शुक्रबार

03:06:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाण्डौंदेखि भोटेचौरसम्मको एनओजी राइड सम्पन्न

Nepal Business

१६ जेठ, २०७९

काठमाण्डौंदेखि भोटेचौरसम्मको एनओजी राइड सम्पन्न

काठमाण्डौं । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाण्डू देखि भोटेचौर सम्मको आफ्नो  एनओजी (एन्टर्क ओनर्स गु्रप) राइड भब्य रुपमा सम्पन्न गरेको छ । 

शनिबार आयोजना भएको उक्त राइड काठमण्डौंको महालक्ष्मीस्थानस्थित टिभिएसको युनिराइड  शोरुमबाट सुरु भएर बालकुमारी , तिनकुने  एअरपोर्ट, गौशाला, चाबहिल, जोरपाटी, मुलपानी, साँखु हुँदै भोटेचौर हेवन हिल रिसोर्टसम्म पुगेको थियो ।

उक्त राइडमा सहभागीहरुबीच एकतामुलक विभिन्न गेम हरु खेलाइएको थियो । उनीहरुबीच विभिन्न मनोरन्जनात्मक र अन्तरक्रियात्मक कार्यक्रमहरु गरिएको थियो । 

राइडमा टिभिएस एनटर्कका ७० जना राइडरहरुका साथै प्रसिद्ध मोटो भ्लगरहरु राजकुमार थापा मगर, अलिशा खड्की, ठकुरी भ्लग, आशिष भ्लग कोउपस्थिति थियो । 

साथै नेपालको प्रसिद्ध महिला बडी बिल्डर सनम मूलघुटी , प्रसिद्ध पुरुष बडी बिल्डर अमित चन्द्र आर्या र  कलाकार हरु उषा उप्रेती र बिपिन श्रेष्ठको पनि सहभागीता रहेको जगदम्बा मोटर्सको मार्केटिंग नायब कार्यकारी प्रमुख बिक्रम पौडेलले जानकारी दिनुभयो ।

टिभिएस एनटर्कका राइडरहरुबीच आत्मीयता बढाउन तथा ग्राहक र कम्पनीबीचको सम्बन्ध थप प्रगाढ बनाउन राइड सफल भएको उहाले बताउनुभयो । 

उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । उक्त राइडमा विभिन्न सडक सुरक्षाको जानकारीका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी प्राविधिक टिमले दिएको थियो । 

नेपालमा टिभिएस एनटर्क ५० हजार बिक्री लाइ निरन्तरता दिँदै यो राइड आयोजना गरिएको हो । राइडमा सहभागीहरुबीच विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाइएको थियो र खेलको विभिन्न विधाका विजेतालाई आकर्षक पुरस्कारहरु वितरण गरिएको थियो ।