१६ चैत, २०८० शुक्रबार

07:39:55 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘नाडा इभि एक्स्पो’ भोलीदेखि सुरु हुँदै

Nepal Business

५ असोज, २०७९

‘नाडा इभि एक्स्पो’ भोलीदेखि सुरु हुँदै

काठमाण्डौं । नेपाली अटोमोवाइल व्यवसायीहरुको छाता संगठन ‘नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल’को आयोजनामा भोली बिहीबारदेखि ‘नाडा इभि एक्स्पो’ सुरु हुने भएको छ । 

सो एक्स्पो नेपालमा नै पहिलो पटक काठमाण्डौंको भृकुटीमण्डपमा हुन गइरहेको छ । चार दिनसम्म चल्ने सो एक्स्पोमा आश्विन ७ गते देखि ९ गते सम्म प्रत्येक दिन दिउसो २ बजे देखि ४ बजे सम्म ग्क्ब्क्ष्म् को सहकार्यमा नाडा चौतारी सेमिनार पनि संचालन हुने भएको छ ।  

तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका इलेक्ट्रिक भेइकल सम्बन्धी चासो राख्ने विज्ञहरुको सहभागिता रहने छ ।

इभि चौतारीको पहिलो दिन २०७९÷०६÷०७ गते इभी टेक्नोलोजी र इको सिस्टमको बारेमा छलफल हुनेछ भने दोस्रो दिन ८ गते लाइनाँष्लबलअष्ब िब्कउभअतक या भ्ख् को बारेमा विभिन्न विज्ञहरु ले आ–आफ्नो धारणा राख्नु हुनेछ र अन्तिम दिन ९ गते एयष्अिष्भक ायच एचयmयतष्लन भ्ख्क भन्ने विषयमा छलफल हुने छ । 

यस कार्यक्रमले नेपालमा इलेक्ट्रिक गाडीहरुको पोलिसी तहमा कार्य गर्ने नीति नियमहरु देखी लिएर यसका प्रयोगकर्ताहरु, वातावरणविदहरु तथा इलेक्ट्रिक टेक्नोलोजी र नेपालमा यसको उपयोग सम्बन्धमा चासो राख्ने सबैलाई एक स्थानमा जम्मा गरि ज्ञान बाड्ने चौतारी हुनेछ ।

कार्यक्रममा उपस्थितिको लागि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सबैलाई सहभागिताको लागि अनुरोध गरेको छ ।