७ बैशाख, २०८१ शुक्रबार

02:19:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिप्रदी अटोपार्ट्सले ल्यायो दसैँ अफर

Nepal Business

३० भदौ, २०७९

सिप्रदी अटोपार्ट्सले ल्यायो दसैँ अफर

काठमाण्डौं । सिप्रदी अटोपार्ट्स प्रा. लि. को इटहरीस्थित आधिकारिक विक्रेता (टाटा च्याम्पयन जोन) सप्तकोशी सप्लायर्सले दसैँ अफर ल्याएको छ । नेपालीहरुको दसैँको अवसरमा कम्पनीले टाटा जेन्यून पार्ट्स एवं टाटा जेन्यून आयलमा विशेष छुुुुुुुटका साथ उक्त अफर ल्याएको हो ।

अफरको टाटा मोटर इण्डिया लिमिटेड कमर्सियल भेइकलका इन्टरनेश्नल सर्भिस हेड भेंकेटेस अलवल एवं सिप्रदी अटोपार्ट्स प्रा. लि. का सिनियर जनरल म्यानेजर युवराज बुढाथोकीले संयुक्त रुपमा गर्नुभएको हो । 

टाटा कमर्सियल गाडीका धनीले अझ वढि सुपथ मूल्यमा जेन्युन पार्ट्स प्रयोग गरुन भन्ने उद्देश्य सहित अफर सार्वजनिक गरिएको कम्पनीले बताएको छ ।  यसरी जेन्यून पार्टसको प्रयोग गर्दा गाडीको आयु बढ्ने र पटक–पटक मर्मत सम्भार गर्नबाट छुट्कारा मिल्ने विश्वास कम्पनीले लिएको छ ।

यो अफरमा ग्राहकले एक वट्टा टाटा जेन्युन आयल खरिद गर्दा अर्को एक वट्टा आयल निशुल्क पाउनेछन्। यसैगरी क्लच प्लेट तथा प्रेसर प्लेटको सेट, व्रेक लाइनिङ र इम्पेरियल ग्रिजको खरिदमा पनि

एउटा किन्दा अर्को सित्तैमा पाइनेछ भने फिल्टरमा ४५ प्रतिशत छुट पाउने उक्त सप्लायर्सका संचालक वोध प्रसाद तिमिल्सिनाले बताउनुभयो । यो अफरबाट धेरैभन्दा धेरै गाडी धनीले लाभ उठाउन सक्ने उहाँको भनाई छ ।