१२ बैशाख, २०८१ बुधबार

01:03:42 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालमा पहिलो पटक ‘इभि एक्स्पो २०२२’ हुँदै, खल्तीबाट टिकट काट्दा क्यासब्याक सुविधा

Nepal Business

२७ भदौ, २०७९

नेपालमा पहिलो पटक ‘इभि एक्स्पो २०२२’ हुँदै, खल्तीबाट टिकट काट्दा क्यासब्याक सुविधा

काठमाण्डौं । नेपालमा पहिलो पटक ‘इभि एक्स्पो २०२२’ हुने भएको छ । असोज ६ देखि ९ गतेसम्म काठमाण्डौंस्थित भृकुटीमण्डपमा सो एक्स्पो हुने भएको हो । 

नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालद्वारा आयोजित सो एक्स्पो सिएट द्वारा प्रायोजित हो । यस्तै सह–प्रायोजकमा शिखर इन्स्योरेन्सु कम्पनी लिमिटेड तथा डिजिटल पेमेन्ट पार्टनरमा खल्ती डिजिटल पेमेन्ट रहेको छ । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ ।

वर्तमान समयमा विद्युतिय सवारी साधनहरुको महत्व दिन प्रतिदिन बढ्दै गएको र यस्ता सवारी साधनहरुको बढ्दो प्रयोगले आफ्नै मुलुकमा उत्पादित जलविद्युतको उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउन समेत सहयोग पुग्ने विश्वास आयोजकको रहेको छ । 

वातावरण मैत्री विद्युतिय सवारी साधनको अपरिहार्यतालाई मनन् गर्दे आयोजना गर्न लागिइएको सिएटद्वारा प्रायोजित एक्स्पोमा ठूला तथा साना गरि ५१ वटा स्टल र ब्लकहरु रहने छन् ।

एक्स्पोमा ७ वटा ब्राण्डका चार पाङग्रे, एउटा तीन पाङग्रे, १६ वटा ब्राण्डका दुई पाङग्रे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याटरी, ९ वटा पार्ट–पुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तिय संस्थाहरुको सहभागिता रहेको छ ।

नेपाली महान चाड–पर्वहरुको पूर्वार्धमा आयोजना हुन गइरहेको यस एक्स्पोले नेपालमा विद्युतीय सवारी साधनबारे अत्याधिक जनचेतना अभिवृद्धि गर्न एवं सम्बिन्धित सम्पूर्ण अटो व्यवसायीहरुको समस्टिगत प्रवर्धनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पार्नेमा आयोजक विश्वस्त रहेको छ ।

एक्स्पोलाई बढी जानकारी मूलक, सेवामूलक र ग्राहकमुखी बनाउन वित्तिय सेवा, विक्रि पछिका सेवा एवं इन्सुरेन्सका लागि छुट्छुट्टै स्टलहरु रहने छन् भने एक्स्पो सम्वन्धी समाचार सम्प्रेषणमा सहजताका लागि छ्ट्टै एउटा साझा मिडिया स्टलको व्यवस्था गरिएको छ ।

एक्स्पोमा वारुण सुरक्षा एवं नियन्त्रणका लागि nflu  Fire Safety Support को रुपमा हिटको प्रा. लि. रहेको छ । वातावरण एवं इभी सम्बन्धि व्यापक छलफल तथा सूचना प्रवाह गर्नका लागि USAID Clean Air ले तीन दिनसम्म इभी चौतारी नामक गोष्ठी सन्चालन गर्ने भएको छ ।

आम सर्व साधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी व्यापक सुसूचित गराउने उदेश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सुचना–कक्ष समेत प्रदर्शनीमा रहने छ । 
एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भिड–भाड कम गर्न एवं आगन्तुकहरुको भ्रमणलाई सहज बनाउन आजकै मिति देखि खल्ती एप मार्फत अनलाईन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ ।

आजदेखि असोज ५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा विशेष सहुलियत दर हुनुका साथै प्रत्येक टिकट खरिदमा खल्ती डिजिटलद्वारा भुक्तानी गर्दा २५ प्रतिशत क्यास ब्याकको अफर समेत रहेको छ । ४ दिनसम्म चल्ने उक्त नाडा इभी एक्स्पोमा लगभग ४०,००० आगन्तुकहरुले अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ ।