८ मंसिर, २०८१ शनिबार

10:16:11 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन सुरु

Nepal Business

१६ जेठ, २०७९

उत्पादन एवं उत्पादकत्व अभिवृद्धि, पूर्वाधार निर्माण र सामाजिक विकासलाई ‘आत्मनिर्भर र समृद्ध सुदूरपश्चिम प्रदेश’ निर्माणको आधार मानी बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गरिएको छ

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन सुरु

सुदुरपश्चिम

सुदूरपश्चिम प्रदेश सभाको दशौँ अधिवेशन (बजेट अधिवेशन) प्रदेशसभा भवन धनगढीमा आज सुरु भएको छ ।

अधिवेशनको पहिलो दिन सोमबारको बैठकमा विशेष समय लिएर प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले आर्थिक वर्ष २०७९÷८० को विनियोजन विधेयकमा समावेश हुने बजेट कार्यक्रमका सिद्धान्त र प्राथमिकता पेस गर्नुभयो ।

अधिवेशनको पहिलो दिन सोमबारको बैठकमा विशेष समय लिएर प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले आर्थिक वर्ष २०७९÷८० को विनियोजन विधेयकमा समावेश हुने बजेट कार्यक्रमका सिद्धान्त र प्राथमिकता पेस गर्नुभयो ।

मन्त्री रावलले नागरिकको सुशासन विकास र समृद्धिको आकाङ्क्षालई पूरा गर्ने ध्येयले आगामी आर्थिक वर्षको विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रममा सिद्धान्त र प्राथमिकता पेस गरिएको जानकारी दिनुभयो । 

उत्पादन एवं उत्पादकत्व अभिवृद्धि, पूर्वाधार निर्माण र सामाजिक विकासलाई ‘आत्मनिर्भर र समृद्ध सुदूरपश्चिम प्रदेश’ निर्माणको आधार मानी बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गरिएको छ । 

उपलब्ध स्रोत साधन, पूँजी र प्रविधि परिचालन गरी उत्पादन तथा उत्पादकत्व अभिवृद्धि र रोजगारी सिर्जनाका माध्यमबाट समृद्धि हासिल गर्ने ध्येयका साथ आगामी वर्षको बजेट तर्जुमा गर्न लागिएको मन्त्री रावलले जानकारी दिनुभयो ।

विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमले कृषि तथा पशुपन्छी क्षेत्रको विकासलाई प्राथमिकता दिइने भएको छ । 

यस्तै निजी क्षेत्रको समेत सहभागितामा पर्यटकीय गन्तव्यहरुको पहिचान, संरक्षण प्र्रवद्र्धन र विकास, सडक, पुल, खानेपानी, सरसफाइ, सिँचाइ, ऊर्जा, सहरी विकास जस्ता पूर्वाधार निर्माणका साथै स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकता दिइने भएको छ ।