१५ बैशाख, २०८१ शनिबार

05:17:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनबिआई, सिबिफिन र पत्रकार महासंघको सहकार्यमा पत्रकार फेलोसिप कार्यक्रम घोषणा, उत्कृष्ट लेख लेखेबापत १५ पत्रकारले ४ लाख पुरस्कार पाउने

Nepal Business

२१ फागुन, २०७९

उत्कृष्ट १५ लेखका लेखकलाई प्रधानमन्त्रीबाट प्रमाणपत्रका साथै प्रथम, द्वितिय, तृतीय, चौथो र पाँचौ पुरस्कारकारुपमा क्रमशः रु एक लाख, रु ७५ हजार, रु ५० हजार, रु २५ हजार र रु १५ हजारका दरले सम्मान गरिनेछ

एनबिआई, सिबिफिन र पत्रकार महासंघको सहकार्यमा पत्रकार फेलोसिप कार्यक्रम घोषणा, उत्कृष्ट लेख लेखेबापत १५ पत्रकारले ४ लाख पुरस्कार पाउने

नेपाल पत्रकार महासङ्घसँगको सहकार्यमा बैंक तथा वित्तीय संस्था परिसङ्घ (सिबिफिन) र नेपाल बिजनेस इन्टिस्च्युट (एनबिआइ) ले पत्रकारहरुबीच राष्ट्रव्यापी लेख लेखन प्रतियोगीता (Nationwide Journalist Fellowship Program 2023)  शुरु गरेको छ ।  

वर्तमान अवस्थामा देखिएका आर्थिक समस्याहरुको समाधान र यसको रोडम्यापबारे राष्ट्रियस्तरमा बहस पैरवी गर्दै समाधानको निचोड निकाल्नका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएका छन् । ‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ विषयमा दुई हजार ५०० शब्द नबढ्ने गरी देशभरका पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु र स्तम्भकारहरुले लेख पठाउन सक्ने नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले जानकारी दिनुभयो । 

वर्तमान अवस्थामा देखिएका आर्थिक समस्याहरुको समाधान र यसको रोडम्यापबारे राष्ट्रियस्तरमा बहस पैरवी गर्दै समाधानको निचोड निकाल्नका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएका छन् । 

‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ विषयमा दुई हजार ५०० शब्द नबढ्ने गरी देशभरका पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु र स्तम्भकारहरुले लेख पठाउन सक्ने नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले जानकारी दिनुभयो । 

त्यसमध्ये उत्कृष्ट १५ लेखका लेखकलाई प्रधानमन्त्रीबाट प्रमाणपत्रका साथै प्रथम, द्वितिय, तृतीय, चौथो र पाँचौ पुरस्कारकारुपमा क्रमशः रु एक लाख, रु ७५ हजार, रु ५० हजार, रु २५ हजार र रु १५ हजारका दरले सम्मान गरिनेछ । यस्तै उत्कृष्ट १० लेखलाई प्रति लेखबापत प्रमाणपत्रसहित रु १० हजार प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ ।

नेपाल सरकारसहितको सहभागितामा २०८० साल वैशाख पहिलो हप्ता काठमाडौँमा आयोजना हुने नेपाल बिजनेस समिटको पुर्वसन्ध्यामा जर्नालिष्ट फेलोसिप कार्यक्रम आयोजना गरिने नेपाल बिजनेस इन्स्टिच्युटका अध्यक्ष विशाल गैरले जानकारी दिनुभयो ।

उहाँका अनुसार अर्थतन्त्रका प्रमुख चुनौती, अवसर र भावी रोडम्यापबारे पत्रकारहरुकोे सिर्जनशील क्षमताबाट प्राप्त लेखलाई प्रोत्साहन गरी राष्ट्रिय अर्थतन्त्रको सवलिकरण गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो । 
नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले कुनै पनि सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले यो प्रतियोगितामा भाग लिन सक्ने बताउनुभयो ।

उहाँका अनुसार सहभागी पत्रकारले आफू कार्यरत सञ्चार माध्यमको पुष्टी हुने पत्रकार परिचय पत्र, नियुक्ती पत्र वा मिडिया हाउसको पत्र (कुनै एक)सहित कतै पनि प्रकाशित नभएको खोजमुलक र तथ्यपरक लेख अनलाइनमार्फत २०७९ साल चैत्र १३ गतेभित्र  https://nepalbusinesssummit.com/article-competition  मा गएर आवेदन दिन सकिने छ । 

बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) का महानिर्देशक डा गोपाल तिवारीले लेखको मौलिकता, तथ्यपरकता र लेखले औंल्याएका भावी मार्गदर्शनलाई छनोटको आधार बनाइने जानकारी दिनुभयो ।

अनलाइन माध्यमबाट प्राप्त लेखहरुलाई ५ सदस्यीय छनोट समितिले विभिन्न मापदण्डका आधारमा छनोट गर्नेछ र छानिएका उत्कृष्ट लेखहरुलाई नेपाल बिजनेस समिटको समुद्घाटन सत्रमा प्रधानमन्त्रीबाट पुरस्कृत गरिने जनाइएको छ ।