८ मंसिर, २०८१ शनिबार
01:03:49 PM
१७ जेठ, २०७९
यो बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासी नेपालीले आफू वा आफ्नो परिवारका सदस्य (बुवा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरीमात्र) को नाममा खरिद गर्न सक्नेछन्।
काठमाडौं । नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँको ‘वैदेशिक रोजगार बचतपत्र–२०८४’ निष्काशन गर्ने भएको छ । बैंकले भोलि (जेठ १८ गते बुधबार) देखि १२.५० प्रतिशत ब्याजदरमा ५० करोड रुपैयाँको बैदेशिक बचतपत्र नामक बचतपत्र बिक्रीमा ल्याउने भएको हो । उक्त बचतपत्र ५ वर्ष अवधिको रहेको छ भने ६। ६ महिनामा ब्याजदर प्राप्त हुनेछ ।
राष्ट्र बैंकले वैदेशिक रोजगारमा संलग्न नेपाली तथा गैरआवासीय नेपालीका लागि यो बचतपत्रको बिक्री खुला गर्न लागेको हो। यो बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासी नेपालीले आफू वा आफ्नो परिवारका सदस्य (बुवा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरीमात्र) को नाममा खरिद गर्न सक्नेछन्।
नेपाल सरकारका तर्फबाट राष्ट्र ऋण व्यवस्थापन विभागले जेठ १८ गतेदेखि असार ६ गतेसम्मका लागि बैदेशिक रोजगार बचतपत्र बिक्री खुल्ला गर्ने भएको छ ।राष्ट्र बैंकले १२।५० प्रतिशत ब्याजदरमा उक्त रकम बराबरको बचतपत्र बिक्री गर्न लागेको हो ।
उक्त बचतपत्रमा सर्वसाधारणले कम्तीमा १० हजार रुपैयाँको बचतपत्र खरिद गर्न पाउनेछन् । भने बढीमा कुल रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको बचतपत्र खरीद गर्न पाइन्छ ।यो बचतपत्र चाहेको समयमा बिक्री गर्न वा धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि सकिनेछ। यो बचतपत्रको साँवा फिर्ता २०८४ असार १३ गते हुने छ ।