खोकनाको जग्गा विवादले द्रुतमार्गको प्रगति कमजोर, सेनाले जिम्मा लिएका अन्य सडकमार्गको प्रगति सकारात्मक
सेनाले काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजना, कर्णाली करिडोर, महाकाली करिडोर, कोसी करिडोरका विभिन्न खण्डमा जिम्मेवारी प्राप्त गरेको छ । ती आयोजनाको निर्माण धमाधम चलिरहेको छ । सबै आयोजना प्राथमिकता प्राप्त रहेकाले पनि चाँडो सक्नुपर्ने दबाब कायमै छ ।