१० मंसिर, २०८१ सोमबार
03:26:37 AM
२५ साउन, २०७९
प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष देउवासमक्ष लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले गत आवको कार्यसम्पादन प्रतिवेदन पेस गर्नुभएको हो ।
काठमाडौँ,
प्रधानमन्त्री शेरबहादुर देउवाले लगानीकर्तालाई थप उत्प्रेरित र आकर्षण गर्न सरकारको तर्फबाट गर्नुपर्ने सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
मुलुकमा दिगो पूर्वाधार निर्माणको आवश्यकता परिपूर्ति गर्न लगानी बोर्डमार्फत भइरहेका कार्य र उपलब्धिको प्रशंसा गर्दै ठूला र राष्ट्रिय महत्वका परियोजनालाई द्रुत गतिमा अगाडि बढाउन निर्देशन
उहाँले मुलुकमा दिगो पूर्वाधार निर्माणको आवश्यकता परिपूर्ति गर्न लगानी बोर्डमार्फत भइरहेका कार्य र उपलब्धिको प्रशंसा गर्दै ठूला र राष्ट्रिय महत्वका परियोजनालाई द्रुत गतिमा अगाडि बढाउन निर्देशनसमेत दिनुभएको छ ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले पेस गर्नुभएको आर्थिक वर्ष २०७८/०७९ को कार्यसम्पादन प्रतिवेदन ग्रहण गर्दै उहाँले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा आर्थिक तथा वित्तीय परिदृश्यहरू चुनौतीको रूपमा देखापरेको परिप्रेक्ष्यमा ठूला लगानी आकर्षण तथा परिचालन गर्न बोर्डबाट थप कार्य कुशलता प्रदर्शन गर्न निर्देशन दिनुभयो ।
प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष देउवासमक्ष लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले गत आवको कार्यसम्पादन प्रतिवेदन पेस गर्नुभएको हो ।
प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतबीच २०७८ साल साउन ३२ गते आव २०७८/०७९ का लागि ४२ वटा क्रियाकलापमा समयसारिणीसहितको मापनयोग्य सूचकका आधारमा कार्यसम्पादन करार भएको थियो ।
लगानी बोर्डका चार प्रमुख रणनीतिक खम्बाहरू परियोजना विकास र व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत विकास, समन्वय सहकार्य र साझेदारीमा केन्द्रित रही भएको करारबमोजिम सम्पादन गरिएका कार्यहरुको प्रगति विवरण समेटिएको उक्त प्रतिवेदनमा तोकिएअनुसारका सूचकहरू पूरा भई शतप्रतिशत कार्य सम्पन्न भएको बोर्डले जनाएको छ ।