१६ चैत, २०८० शुक्रबार

04:09:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भ्रष्टाचार मुद्दामा खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित २७ जनालाई सफाइ

Nepal Business

३ चैत, २०७९

विभागले खनिज पदार्थ उत्खनन्मा अनियमितता गरेको आरोपमा विभागका महानिर्देशक घिमिरे, उपमहानिर्देशक तथा प्रवक्ता जयराज घिमिरेसहित ९ वटा सिमेन्ट कम्पनीका सञ्चालकसहित २७ जना विरुद्ध विशेष अदालतमा १ अर्ब २४ करोड भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो ।

भ्रष्टाचार मुद्दामा खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित २७ जनालाई सफाइ

विशेष अदालतले भ्रष्ट्राचार मुद्दामा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित २७ जनालाई सफाई दिएको छ । विशेष अदालतका न्यायधीशहरु रमेशकुमार पोखरेल, बलभद्र बास्तोला, र  खुशी प्रसाद थारुको संयुक्त इजलाशले  प्रमाण नपुगेको र अभियोग ठहर हुन नसक्ने भन्दै उनीहरुलाई सफाइ दिएको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित २७ जना विरुद्द  २०७८ माघ १२ गते भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले ९ वटा सिमेन्ट कम्पनीविरुद्ध पनि विशेष अदालतमा भष्ट्रचार मुद्दा दायर थियो। उनीहरु सबैले सफाई पाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित २७ जना विरुद्द  २०७८ माघ १२ गते भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले ९ वटा सिमेन्ट कम्पनीविरुद्ध पनि विशेष अदालतमा भष्ट्रचार मुद्दा दायर थियो। उनीहरु सबैले सफाई पाएका छन् ।

विभागले खनिज पदार्थ उत्खनन्मा अनियमितता गरेको आरोपमा विभागका महानिर्देशक घिमिरे, उपमहानिर्देशक तथा प्रवक्ता जयराज घिमिरेसहित ९ वटा सिमेन्ट कम्पनीका सञ्चालकसहित २७ जना विरुद्ध विशेष अदालतमा १ अर्ब २४ करोड भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो ।

खानी सञ्चालकसँग मिलेर विभागका कर्मचारीले प्राकृतिक स्रोतको दोहन गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । उजुरी परेपछि अख्तियारले छानबिन गर्दै विभागका कर्मचारीले खानी सञ्चालकसँग मिलेर प्राकृतिक स्रोतको दोहन गरेको ठहर गरेको हो । 

२०७६ जेठ १४ गते तत्कालीन उपमहानिर्देशक ९हाल महानिर्देशक० रामप्रसाद घिमिरेको संयोजकत्वमा गठित ३ सदस्यीय समितिले विभिन्न ९ वटा सिमेन्ट उद्योगहरुले खानी दोहन गरेको निष्कर्ष निकाल्दै २०७६ जेठ ३१ प्रतिवेदन बुझाएको थियो । 

प्रतिवेदन बुझाउदा उक्त समितिले ९ वटा सिमेन्ट उद्योगबाट १ अर्ब २६ करोड १९ लाख ४८ हजार क्षतिपूर्ति उठाउनुपर्ने गरी कारबाहीको सिफारिस गरेको थियो । तर, क्षतिपूर्ति नलिई २०७७ जेठ १५ गते जयराज घिमिरेको संयोजकत्वमा अर्को समिति गठन गरी उक्त समितिको प्रतिवेदन अनुसार १८ लाख मात्र जरिवाना लिएर करिब १ अर्ब २५ करोड राज्यलाई घाटा गराएको भन्दै उजुरी परेको थियो । 

महानिर्देशक घिमिरेले आफ्नै नेतृत्वमा गठित समितिको प्रतिवेदन अनुसार क्षतिपूर्ति नभराई अर्को समिति बनाएर उन्मुक्ति दिएको ठहर अख्तियारको थियो । अख्तियारले १ अर्ब २४ करोड ४५ लाख २६ हजार ६४३ रुपैयाँ हानी नोक्सानी पुग्ने गरी राजस्व चुहावट गरी भ्रष्टाचार गरेको ठहर गरेको थियो।