७ बैशाख, २०८१ शुक्रबार

01:12:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भृकुटीमण्डपमा छाला जुत्ता प्रदर्शनी शुरु, यस्ता छन् छुट सुविधा

Nepal Business

३ फागुन, २०७९

मेलाको उद्घाटन समारोहमा बोल्दै मन्त्री भगवती चौधरीले नेपाली छाला जुत्ता उद्योगीहरूलाई प्रोत्साहन गरी उत्पादन बढाउने पक्षमा सरकार रहेको बताईन् । “नेपाली कच्चापदार्थ प्रयोग गरेर उत्पादनमा आत्मनिर्भर हुनाका साथै निर्यातका लागि पनि सम्भावना भएको क्षेत्र जुत्ता चप्पल उद्योग नै हो ।

भृकुटीमण्डपमा छाला जुत्ता प्रदर्शनी शुरु, यस्ता छन् छुट सुविधा

“कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो” भन्ने मूल नाराका साथ काठमाडौँको भृकुटीमण्डपमा ‘आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी २०७९’ सुरु भएको छ ।

नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनमा भएको मेलाको उद्घाटन बुधबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले गरेकी हुन् ।

नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनमा भएको मेलाको उद्घाटन बुधबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले गरेकी हुन् ।

 मेलाको उद्घाटन समारोहमा बोल्दै मन्त्री भगवती चौधरीले नेपाली छाला जुत्ता उद्योगीहरूलाई प्रोत्साहन गरी उत्पादन बढाउने पक्षमा सरकार रहेको बताईन् । “नेपाली कच्चापदार्थ  प्रयोग गरेर उत्पादनमा आत्मनिर्भर हुनाका साथै निर्यातका लागि पनि सम्भावना भएको क्षेत्र जुत्ता चप्पल उद्योग नै हो ।

 यसमा नयाँ प्रविधि र आधुनिकतासँगै गुणस्तर पनि कायम गर्न आवश्यक छ”, मन्त्री चौधरीले भनिन्, “ नेपाली उद्योगलाई प्रोत्साहन गर्न बजारीकरणमा पनि विशेष ध्यान पुर्याउनुपर्छ ।”

आयोजकका अनुसार मेलामा प्रतिष्ठीत ब्राण्डका गुणस्तीय उत्पादनहरुको प्रर्दशन तथा बिक्री बितरण गर्ने छन् । त्यस्तै पछिल्ला उत्पादनहरु भन्दा नितान्त नयाँ मोडलका आधुनीक जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरु प्रर्दशन गरीने छ । मेलामा बिक्री बितरण गरीने जुत्तामा ६ महिना सम्मको वारेन्टी तथा चप्पल र  जुत्तामा १५ देखि २५ प्रतिशत सम्मको छुट दिइने छ ।

 गुणस्तरीय कच्चा पदार्थ तथा दक्ष जनशक्ती प्रयोग गरि उत्पादन गरीएका जेन्स, लेडीज, बच्चाका जुत्ताहरु, लगायत अल्लो तथा हेम्प द्धारा निर्मीत बस्तुहरु पनि प्रर्दशन तथा बिक्री बितरण गरीने आयोजकले जनाएको छ । 

उपभोक्तहरुले खरीद गरेका सामानहरु फेर बदल गर्नु परेमा सम्बन्धीत कम्पनी वा कम्पनीहरुको स्वरुममा बिल सहीत सम्र्पक गर्न सकिने आयोजकले उल्लेख गरेको छ।