१९ माघ, २०८१ शनिबार

01:49:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

९ बर्ष पछि जनैपुर्णिमा र गाईजात्रा एकै दिन

२६ साउन, २०७९

९ बर्ष पछि जनैपुर्णिमा र गाईजात्रा एकै दिन

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यो वर्षको जनैपूर्णिमा र गाईजात्रा शुक्रवार एकै दिन रहेको जनाएको छ ।  भक्तपुर र ठिमी नगरपालिकाले आज (बिहीबार) जनैपुर्णिमा र भोली (शुक्रबार) गाईजात्रा मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिएको छ ।

काठमाडौं उपत्यकाका नेवार समुदायले जनैपूर्णिमा र गाईजात्रा क्रमशः बिहिवार र शुक्रबार दुई दिन लगातर हुने जनाए पछि पञ्चाङ्ग समितिले २७ साउन अर्थात शुक्रवार नै दुवै परेको भन्दै प्रेस बिज्ञप्ति जारी गरेको छ ।

पञ्चाङ्ग समितिले सो बारेमा भ्रममा नपर्न आग्रह गर्दै धार्मिक र परम्परा अनुसार आफ्ना धार्मिक कृत्य शुक्रवार एकै दिन गर्न गराउन समेत आग्रह गरेको छ । बिहीबार नै पूर्णिमा तिथि सुरु हुने भए पनि भद्रा पर्ने भएकाले भोलिपल्ट शुक्रबार जनैपूर्णिमा मनाउन तथा रक्षाबन्धन गर्न उचित हुने पञ्चाङ्ग समितिको भनाई छ ।

यसअघि १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१ र २०७० सालमा यो बर्षको जस्तै एकै दिन जनैपूर्णिमा र गाईजात्रा मनाइएको समितिले जनाएको छ । सो सँगै झन्डै ९ बर्ष पछि जनैपुर्णिमा र गाईजात्रा एकै दिन परेको हो ।