६ जेठ, २०८१ आइतबार

01:44:32 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Nepal Business

२६ साउन, २०७९

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

भक्तपुर । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ४४ वर्षीय शिवराज थापालाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन र जिल्ला अदालत भक्तपुरबाट समेत गरी बैंकिङ कसूर तथा चेक अनादर मुद्दामा १ महिना १५ दिन कैद र ५८ लाख ९६ हजार ५ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भत्तलपुरमा पेश गरिएकोमा अदालतको आदेशले तोकिएको कैद र जरिवाना भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाण्डौंमा पठाइएको छ ।