लक्ष्य अनुसार खर्च गर्न नसक्दा नेपाल सरकारको नाममा रहेका विभिन्न खातामा नगद मौज्दात थुप्रिएको छ ।
काठमाण्डौं । चालू आर्थिक वर्षको वैशाख महिना पूरा भइसक्दा पूँजीगत खर्च ३१ प्रतिशत मात्र पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म ३१.३ प्रतिशत पूँजीगत खर्च भएको छ । यस अवधिमा मा १ खर्ब १८ अर्ब रुपैयाँ पूँजीगत खर्च हुन पुगेको छ ।
नेपाल सरकार तथा प्रदेश सरकारहरुले समेत लक्ष्य अनुसार खर्च गर्न नसक्दा नेपाल सरकारको नाममा रहेका विभिन्न खातामा नगद मौज्दात थुप्रिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म नेपाल राष्ट्र बैंकमा रहेका सरकारका खातामा ३२५ अर्ब रुपैयाँ नगद मौज्दात रहेको छ । गत असार मसान्तसम्म यस प्रकारको रकम १९८ अर्ब ७६ करोड रुपैयाँ मात्र थियो ।