२६ जेठ, २०८२ आइतबार
09:40:17 AM
२५ साउन, २०७९
काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुंगाका सव–इन्जिनियर रामबाबु यादव विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बुधबार अख्तियारले शैक्षिक प्रमाणपत्र नक्कली बनाई सरकारी सेवा सुविधा उपभोग गरेको आरोपमा उनी विरुद्ध विशेष अदालत काठमाण्डौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले जारी विज्ञप्तीमा लेखिएको छ, ‘ओखलढुंगा खानेपानी तथा सरसफाई डिभिजन नम्बर द्द मा कार्यरत सव–इन्जिनियर रामबाबु यादवको योग्यता प्रमाण पत्र नक्कली रहेको भन्ने उजुरी निवेद सम्बन्धमा अनुसन्धान हुँदा निजले श्री सुनसरी टेक्निकल कलेज, धरानबाट उत्तीर्ण गरेको भनी डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रमाणपत्रहरु, र ट्रान्सक्रिप्ट नक्कली बनाई सरकारी लाभ वा सुविधा प्राप्त गर्ने उद्देश्यले तत्कालीन खानेपानी सरसफाई डिभिजन कार्यलयमा पेश गरी २०७६ भदौदेखि असार मसान्तसम्म बहाल रही लाभ र सुविधा लिएको देखिएको छ ।’