७ बैशाख, २०८२ आइतबार
06:32:19 AM
५ माघ, २०७८
५ माघ । नेपाल आयल निगममार्फत पेट्रोलियम पदार्थको मूल्य बढाएर कोरोनाले आक्रान्त जनताका लागि सरकारले पुनः नयाँ उपहार दिएको छ ।
निगमले इन्डियन आयल कर्पोरेशन (आइओस)लाई इन्धन खरिदबापतको रकम अपुग भएको जनाउँदै डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्यवृद्धि गरेको जनाएको छ । उक्त बढाइएको मूल्य आज राती १२ बजेदेखि नै लागू हुँदैछ ।
निगमले डिजले, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिर रु पाँच तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्यमा प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि
निगमले डिजले, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिर रु पाँच तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्यमा प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको हो ।
मूल्यवृद्धि भएसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२२, पेट्रोलको मूल्य १३९, हवाई इन्धन (आन्तरिक)को प्रतिलिटर रु १०६ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) प्रतिकिलोलिटर ९९५ अमेरिकी डलर पुगेको छ । एलपी ग्यासमा अत्यधिक घाटा भए पनि ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।
मूल्यवृद्धि भएसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२२, पेट्रोलको मूल्य १३९, हवाई इन्धन (आन्तरिक)को प्रतिलिटर रु १०६ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) प्रतिकिलोलिटर ९९५ अमेरिकी डलर पुगेको छ
पेट्रोलियमको मूल्य बढे पनि अझै निगमलाई १५ दिनमा रु एक अर्ब ८८ करोड घाटा हुने प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । निमलाई अझै पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ७२ पैसा, डिजेलमा छ रुपैयाँ ३३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६४६ रुपैयाँ १६ पैसा घाटा छ ।
निगमलाई हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर नौ रुपैयाँ ६३ पैसा, अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर २९ रुपैयाँ तीन पैसा र मट्टितेलमा प्रतिलिटर २२ रुपैयाँ ६४ पैसा नाफा रहेको छ ।
यसै विषयमा नेपाल विजनेशद्धारा सम्प्रेशित यसअघिका स्टोरी तल हेर्नसक्नुहुन्छ
बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति बढ्यो ? (विज्ञप्तिसहित)