११ बैशाख, २०८१ मंगलबार

06:54:51 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल बिजनेश समिटमा अर्बपति चौधरी : एकमात्र प्रमुख एजेण्डा मुलुकको आर्थिक ट्रान्फरमेशन

Nepal Business

२४ बैशाख, २०८०

उहाँले नेपालमा अहिलेको जस्तो आर्थिक चुनौती कहिल्यै नरहेको स्मरण गर्दै उहाँले नेपाल सरकारले अपेक्षा गरेकोभन्दा चार गुणा कम नेपालको आर्थिक वृद्धिदर भएकाले यो नतिजाले नेपाल आर्थिक मन्दीमा फसेको स्पष्ट भएको बताउनुभयो ।

नेपाल बिजनेश समिटमा अर्बपति चौधरी : एकमात्र प्रमुख एजेण्डा मुलुकको आर्थिक ट्रान्फरमेशन

नेपालका अर्बपति तथा सांसद विनोदकुमार चौधरीले आफ्नो एकमात्र प्रमुख एजेण्डा भनेको मुलुकको आर्थिक ट्रान्फरमेशन बताउनुभएको छ । 

नेपाल बिजनेश समिट २०२३ को उमुद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्बपति चौधरीले बजेटको पूर्वसन्ध्यामा हामीहरु रहेकाले अहिलेको मुख्य एजेण्डा नै आर्थिक रुपान्तरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल बिजनेश समिट २०२३ को उमुद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्बपति चौधरीले बजेटको पूर्वसन्ध्यामा हामीहरु रहेकाले अहिलेको मुख्य एजेण्डा नै आर्थिक रुपान्तरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपालमा अहिलेको जस्तो आर्थिक चुनौती कहिल्यै नरहेको स्मरण गर्दै उहाँले नेपाल सरकारले अपेक्षा गरेकोभन्दा चार गुणा कम नेपालको आर्थिक वृद्धिदर भएकाले यो नतिजाले नेपाल आर्थिक मन्दीमा फसेको स्पष्ट भएको बताउनुभयो ।

समारोहमा उहाँले चालु आर्थिक वर्षमा राजस्व संकलन ऋणात्मक निश्चित रहेको र कृषि क्षेत्रसहित उत्पादनमुलक क्षेत्र ऋणात्मक भइरहेको चिन्ताजनक अबस्था राख्नुभयो ।

उहाँले भन्नुभयो, 'जिडिपिका पिल्लरहरु चुनौतीपूर्ण अबस्थामा देखिएको छ, सेवा क्षेत्र कहिले ऋणात्मक थिएन, बैंकहरुको खराब कर्जा दाब्बर वृद्धि भएको छ, सटरहरु बन्द भएका छन्, ऋण तिर्न नसकेर कालोसूचीमा पर्नेहरुको संख्या दोब्बर पुगेको छ, राजस्वबाट चालू खर्च धान्दै आएकामा यसमा पनि नराम्रोसँग चुकेका छौँ ।'

उहाँले विकास निर्माणको गतिविधिलाई ट्राकमा ल्याउन नसकेको र त्यो सकेको भए यो हालतमा अर्थतन्त्र नआउने जिकिर गर्नुभयो । विकास निर्माणको प्रवृत्तिमा प्रदेश पनि संघलाई पछ्याईरहेको उहाँले बताउनुभयो । सरकारसँग २०० अर्बको दायित्व सामाजिक सुरक्षामा रहेका र यसलाई सस्तो लोकप्रियतामा लैजान नहुनेमा जोड दिनुभयो ।

अहिले ९० रुपैयाँको आयात गर्दा १० रुपैयाँको निर्यात हुने गरेको र निर्यातलाई सुधार गर्न नसकिएकोमा चिन्ता प्रकट गर्नुभयो । नौ सय अर्बको व्यापार घाटनाको भारी बोकिरहेको अर्थतन्त्रको गम्भिर परिस्थितिमा अहिलेको राजनीति सत्ताको भागबण्डामा रुमल्लिएको उहाँले बताउनुभयो । 

सांसद चौधरीले अर्थतन्त्रलाई राजनीतिको केन्द्रविन्द्रबाट हेरेर गम्भिर चिन्तन गर्नुपर्ने आजको आवश्यकता भएको बताउनुभयो । अबको छलफल विकासकेन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

यती हुँदाहुँदै पनि केही सकारात्मक संकेतहरु मिलिरहेको उहाँले बताउनुभयो । जलविद्युत परियोजना, बिद्युत निर्यातलगायतमा राम्रा कामहरु भएको तर धेरै पहल गर्न जरुरी रहेको बताउनुभयो । विभिन्न देशले मरुभूमिलाई हिरामा परिणत गरेको र तर नेपालले आफ्नै नाभी चिन्न नसकेको बताउनुभयो ।
नेपालमा लगानी गर्नेहरुलाई सम्मान गर्न सक्नुपर्नेमा जोड दिँदै उहाँले आर्थिक विकासको द्रुत अभियान अहिले नै शुरु गर्नुपर्नेमा उहाँले जोड्नुभयो ।