८ बैशाख, २०८१ शनिबार

03:22:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल बिजनेश समिट : कार्यक्रम संयोजक गैरेले भन्नुभयो, 'काम गरेर खाने वातावरण बनोस्'

Nepal Business

२४ बैशाख, २०८०

प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्नुभएको समिटको उद्घाटन समारोहमा उहाँले भन्नुभयो, 'अहिले उद्योगी, व्यवसायीहरुले धेरै ठुलो अपेक्षा गरेका छैनन्, मात्रै गरिखाने वातावरण बनोस् र व्यवसायमैत्री कानून तथा नीति निर्माण होस् भन्ने चाहना रहेको छ, नीति तथा कार्यक्रम र बजेट निजीक्षेत्रमैत्री नभए विकास सम्भव हुँदैन, त्यसैले हामी रेष्पोन्सिबल बिजनेसको कन्सेप्टमा अघि बढौँ, समृद्ध राष्ट्र निर्माणमा लागौँ ।'

नेपाल बिजनेश समिट : कार्यक्रम संयोजक गैरेले भन्नुभयो, 'काम गरेर खाने वातावरण बनोस्'

नेपाल बिजनेश इन्स्टिच्युटका अध्यक्ष तथा नेपाल बिजनेश समिट २०२३ का संयोजक विशाल गैरेले नेपालमै काम गरेर खाने वातावराण् निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्नुभएको समिटको उद्घाटन समारोहमा उहाँले भन्नुभयो, 'अहिले उद्योगी, व्यवसायीहरुले धेरै ठुलो अपेक्षा गरेका छैनन्, मात्रै गरिखाने वातावरण बनोस् र व्यवसायमैत्री कानून तथा नीति निर्माण होस् भन्ने चाहना रहेको छ, नीति तथा कार्यक्रम र बजेट निजीक्षेत्रमैत्री नभए विकास सम्भव हुँदैन, त्यसैले हामी रेष्पोन्सिबल बिजनेसको कन्सेप्टमा अघि बढौँ, समृद्ध राष्ट्र निर्माणमा लागौँ ।'


आज उक्त समिटको उद्घाटन समारोहलाई स्म्बोधन गर्दै संयोजक गैरेले उद्योग, व्यवसायमैत्री नीति निर्माण गर्दै व्यवसायिक वातारण निर्माणमा ध्यान दिन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को ध्यानार्षण पनि गराउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्नुभएको समिटको उद्घाटन समारोहमा उहाँले भन्नुभयो, 'अहिले उद्योगी, व्यवसायीहरुले धेरै ठुलो अपेक्षा गरेका छैनन्, मात्रै गरिखाने वातावरण बनोस् र व्यवसायमैत्री कानून तथा नीति निर्माण होस् भन्ने चाहना रहेको छ, नीति तथा कार्यक्रम र बजेट निजीक्षेत्रमैत्री नभए विकास सम्भव हुँदैन, त्यसैले हामी रेष्पोन्सिबल बिजनेसको कन्सेप्टमा अघि बढौँ, समृद्ध राष्ट्र निर्माणमा लागौँ ।'
नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल विजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा आज नेपाल बिजनेश समिट (नेपाल व्यवसाय शिखर सम्मेलन) शुरु भएको हो ।
सम्मेलनका संयोजक गैरेले कार्यक्रममा सिबीफिनका अध्यक्ष पवन गोल्यानले राखेको कृषि, पर्यटकलगायत आर्थिक विकासको प्रस्तावतर्फ ध्यान दिन पनि सरकारसँग अनुरोध गर्नुभयो ।

गएको भदौमा यस्तै युवा उद्यमशितता सम्मेलनमा आउनुभएका हालका प्रधानमन्त्री प्रचण्डसामु आफूले अबको प्रधानमन्त्री भएपछि नेपालमा नै युवाले रोजगारी प्राप्त गर्ने गरी युवा रोजगारमुलुक कार्यक्रम ल्याउनुपर्छ भनेको स्मरण गर्दै गैरेले आज प्रधानमन्त्री भएर आउनुभएकाले त्यो बेलाको प्रतिबद्धता र बाचा स्मरण पनि गराउनुभयो । 

उहाँले प्राप्त उपलब्धीलाई संस्थागत गर्न नसक्दा गणतन्त्रमाथि प्रश्न चिन्ह उठेको उल्लेख गर्दै त्यसले आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिकलगायत विकासमा मोडलमा प्रभाव पारेको बताउनुभयो । 

सत्ता परिवर्तन महत्वपूर्ण नभई देशको मुहार परिवर्तन मुख्य कुरा हो भन्दै संयोजक गैरेले भन्नुभयो, 'प्रधानमन्त्री ज्यूमा केही गरौँ भन्ने हुटहुटी रहेको छ, जनयुद्धको नेतृत्व गरेको सुप्रिमोको हैसियतले राष्ट्रिय अर्थतन्त्र र जनजीविकाका लागि स्थापित गर्ने योजनामा लाग्नुभएकोमा सराहना व्यक्त गर्दछु ।'
 
सम्मेलनको साझा उद्देश्य र कार्यक्रम रहेको र त्यसलाई आउने वर्षको बजेटमा समेटियोस् भन्ने आशा रहेको पनि उहाँले बताउनुभयो । उहाँले यो कार्यक्रम गर्नुको मुख्य उद्देश्य 'जिम्मेवार' बन्नु भएको पनि बताउनुभयो । 'जिम्मेवार उद्योगी, जिम्मेवार सरकार हुनुपर्यो, जिम्मेवार नागरिक हुनुपर्यो, आआफने काम कर्तव्य र अधिकारलाई भुल्नु हुँदैन', उहाँले थप्नुभयो ।

उहाँले एकमात्र विलेनियर विनोदकुमार चौधरी कार्यक्रममा रहनुभएकाले उहाँको मोटिभेसनले धेरै युवाहरु उद्योग, व्यवसायतर्फ आकर्षित भएको स्मरण गर्दै सांसदसमेत रहनुभएका चौधरीलाई नेपालमै युवाहरुलाई काम गर्ने वातावरण निर्माणका लागि पहल गर्न अनुरोध पनि गर्नुभयो ।