१४ बैशाख, २०८१ शुक्रबार

05:44:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सभामुख सापकोटा र डेनिस प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट

Nepal Business

२३ जेठ, २०७९

सापकोटाले शिक्षा, उर्जा, सुशासन र विकेन्द्रीकरणको क्षेत्रमा डेनमार्कले गरेको सहयोगका लागि डेनिस सरकार र जनतालाई धन्यवाद दिनुभयो ।

सभामुख सापकोटा र डेनिस प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट


काठमाडौं–  
सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेको डेनिस प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको छ।

संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा सोमबार भएको भेटमा सभामुख सापकोटाले नेपाल र डेनमार्कबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५५ बर्षमा दुई देशबीचको सम्बन्ध सुमधुर रहेको बताउनुभयो ।

संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा सोमबार भएको भेटमा सभामुख सापकोटाले नेपाल र डेनमार्कबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५५ बर्षमा दुई देशबीचको सम्बन्ध सुमधुर रहेको बताउनुभयो ।

सापकोटाले शिक्षा, उर्जा, सुशासन र विकेन्द्रीकरणको क्षेत्रमा डेनमार्कले गरेको सहयोगका लागि डेनिस सरकार र जनतालाई धन्यवाद दिनुभयो ।

सभामुख सापकोटाले डेनमार्क सुशासनका लागि चर्चित र स्थापित रहेको चर्चा गर्दै यसबाट नेपालले पनि सिक्न चाहेको बताउनुभयो । ‘

नेपालका राजनीतिक दलसँग सहकार्य गर्ने प्रतिनिधिमण्डलको प्रस्ताव सकारात्मक रहेको बताउँदै सभामुख सापकोटाले दुई देशबीच जनताको तहसम्म सम्बन्ध विस्तार गर्नु पर्नेमा जोड दिए। उनले सुशासन, जलवायु परिवर्तन, व्यापार र पर्यटनका क्षेत्रमा सककार्यको सम्भावना औंल्याउँदै नेपालको विकासमा डेनमार्कको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । 

भेटमा प्रतिनिधिमण्डलका प्रमुख ‘डेनिस इस्टिच्युट फर पार्टीज एण्ड डेमोक्रेसी’ (डीआईपीडी) की कार्यकारी निर्देशक लिस्बेथ पिलगार्डले आफ्नो टिमसँग छलफलको समयका लागि आभार व्यक्त गर्नुभएको छ । उहाँले डेनमार्कको संसदको संस्था डीपीआईडीले लोकतन्त्र र राजनीतिक दलहरुसँग सहकार्य गर्दै आएको बताउनुभयो ।