१२ बैशाख, २०८१ बुधबार

03:52:10 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रधानमन्त्री प्रचण्डबाट नेपाल विजनेश समिट उद्घाटन, सिबीफिनका अध्यक्ष गोल्यानद्धारा आत्मनिर्भर अर्थतन्त्रका लागि ध्यानाकर्षण

Nepal Business

२४ बैशाख, २०८०

प्रधानमन्त्री प्रचण्डबाट नेपाल विजनेश समिट उद्घाटन, सिबीफिनका अध्यक्ष गोल्यानद्धारा आत्मनिर्भर अर्थतन्त्रका लागि ध्यानाकर्षण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट आज नेपाल बिजनेश समिट २०२३ समुद्घाटन गरिएको छ । आज विहान होटल याक एण्ड यतीमा उक्त सम्मेलन शुरु भएको हो । 

नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल विजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा आज वैशाख २४ गते नेपाल बिजनेश समिट (नेपाल व्यवसाय शिखर सम्मेलन) शुरु भएको हो ।

नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल विजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा आज वैशाख २४ गते नेपाल बिजनेश समिट (नेपाल व्यवसाय शिखर सम्मेलन) शुरु भएको हो ।

सम्मेलनमा स्वागत मन्तव्य राख्दै सिबिफीनका अध्यक्ष पवनकुमार गोल्यानले सम्पूर्ण नागरिकसँग जोडिएको वित्तीय संस्थालाई आर्थिक विकासको मेरुदण्डका रुपमा परिभाषा गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले राजस्व र आयातमा आधारित अर्थतन्त्रबाट निर्यात र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । नीजि क्षेत्र बलियो बने मात्रै आर्थिक विकास हुनेमा जोड दिँदै उहाँले नयाँ बजेट निर्माणका समयमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

नेपालको आर्थिक विकासका लागि कृर्षि उर्जा, पर्यटन, भौतिक पुर्वाधार विकास तथा निर्यात प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले डिजिटल नेपालको फ्रेमवर्कमा सरकारले काम गर्न जरुरी रहेको बताउनुभयो ।

उद्योगलाई आत्मनिर्भर गराउनेतर्फ उहाँले प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराउनुभयो । उहाँले नेपालको उत्पादन मुल्यभन्दा कम नहुने गरी भन्सार दर निर्धारण गर्न पनि अनुरोध गर्नुभयो । उहाँले उद्योगलाई विद्युतमा छुट दिन पनि अनुरोध गर्नुभयो । जिटुबी र जिटुजी पूर्वाधार विकासको नीति लिन पनि उहाँल्े सरकारलाई सुझाव दिनुभयो ।

नेपाल बिजनेश समिटबाट प्राप्त हुने सल्लाह, सुझाव र घोषणापत्रको विषय आउँदो बजेटमा समेत समावेश हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।