५ जेठ, २०८१ शनिबार

11:11:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आयल निगमको घाटा, छ महिनामा १९ अर्ब

४ माघ, २०७८

आयल निगमको घाटा, छ महिनामा १९ अर्ब

आयल निगमको चालू आर्थिक वर्षको छ महिनाको अवधिमा १९ अर्ब २६ करोड घाटा व्यहोरेको छ । जनवरी १५ मा आइओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार निगमले मूल्य समायोजन नगर्ने हो भने मासिक घाटा ५ अर्ब पुग्ने आयल निगमका प्रवक्ताले  बताउनुभयो । बढेको खरिद मूल्यअनुसार निगमलाई पाक्षिकरुपमा दुई अर्ब २४ करोड नोक्सानी रहेको छ । माघ १७ गतेसम्म २१ अर्ब ५० करोड घाटा व्यहोर्नुपर्ने निगमको प्रक्षेपण छ । मूल्य समायोजन गरिएता पनि महिनाका करिब ४ अर्ब मासिक घाटा रहेको हुँदा आगामी तीन महिनासम्मका लागि देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाइराख्न हालको खरिद मूल्यअुनसार न्यूनतम करिब १२ अर्ब आवश्यक पर्ने निगमको भनाइ छ । रासस