६ मंसिर, २०८१ बिहिबार

12:13:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सर्वेक्षण भएको १८ वर्षपछि बल्ल कार्यान्वयनको तयारीमा कालीगण्डकी गर्ज हाइड्रो

Nepal Business

३१ बैशाख, २०८०

विसं २०६३ मा आयोजनाको पहिलोपटक सर्वेक्षण गरिएको आयोजना लगानीको स्रोत जुट्न नसक्दा कार्यान्वयन हुनसकेको थिएन । मुस्ताङको थासाङ गाउँपालिकाको घाँसमा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा विद्युत्गृह प्रस्ताव गरिएको म्याग्दी जिल्लाको सबैभन्दा ठूलो यो आयोजनाको छ किलोमिटर लामो सुरुङ निर्माण गरिने छ ।

सर्वेक्षण भएको १८ वर्षपछि बल्ल कार्यान्वयनको तयारीमा  कालीगण्डकी गर्ज हाइड्रो

अठार वर्षअघि सर्वेक्षण गरिएको एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ ।

म्याग्दी र मुस्ताङमा संरचना रहने गरी प्रस्ताव गरिएको आयोजना डेढ दशकपछि निर्माणको प्रक्रियालाई अगाडि बढाइएको हो । हाइड्रो सोलुसनबाट गत मङ्सिरमा कालीगण्डकी गर्जको स्वामित्व लिएको त्रिवेणी इनर्जी प्रालिले आयोजना निर्माणको प्रक्रिया अघि बढाएको हो ।

म्याग्दी र मुस्ताङमा संरचना रहने गरी प्रस्ताव गरिएको आयोजना डेढ दशकपछि निर्माणको प्रक्रियालाई अगाडि बढाइएको हो । हाइड्रो सोलुसनबाट गत मङ्सिरमा कालीगण्डकी गर्जको स्वामित्व लिएको त्रिवेणी इनर्जी प्रालिले आयोजना निर्माणको प्रक्रिया अघि बढाएको हो ।

विसं २०६३ मा आयोजनाको पहिलोपटक सर्वेक्षण गरिएको आयोजना लगानीको स्रोत जुट्न नसक्दा कार्यान्वयन हुनसकेको थिएन । मुस्ताङको थासाङ गाउँपालिकाको घाँसमा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा विद्युत्गृह प्रस्ताव गरिएको म्याग्दी जिल्लाको सबैभन्दा ठूलो यो आयोजनाको छ किलोमिटर लामो सुरुङ निर्माण गरिने छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको विसं २०७५ असारमा भएको चीन भ्रमणका क्रममा बेइजिङस्थित नेपाली दूतावासमा आयोजनाको प्रवद्र्धक हाइड्रो सोलुसनका सञ्चालक ज्ञानेन्द्रलाल प्रधान र युनाङ सिङ हवा वाटर कन्जरभेसन एन्ड हाइड्रोपावरका प्रतिनिधिबीच लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

चिनियाँ पक्ष लगानीबाट पछि हटेपछि आयोजना कार्यान्वयन हुनसकेको थिएन । त्रिवेणी इनर्जी प्रालिका प्रशासन प्रमुख विजय कार्कीले स्वदेशी लगानीमा कालीगण्डकी गर्ज निर्माणको प्रक्रिया अघि बढाइएको बताउनुभयो । ‘‘हामी आयोजना बनाउने गरी आएका छौँ, आयोजना प्रभावित स्थानीयवासी र सरोकारवाला पक्षको साथ र सहयोगको खाँचो छ”, उहाँले भन्नुभयो,  “एक वर्षको अवधिमा आयोजनाको भौतिक संरचना निर्माण थाल्छौँ ।”

अर्धजलाशययुक्त आयोजना निर्माणका लागि कम्पनीले गत फागुनमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता ९पिपिए० भइसकेको छ । “आयोजनाको कुल लागत रु ४३ अर्ब अनुमान गरिएको छ”, उहाँले भन्नुभयो, “वातावरणीय प्रभाव मूल्याङ्कन गरिसकेपछि लगानी जुटाएर आयोजना निर्माण थाल्छौँ ।” 

आयोजनाको परामर्शदाता रुप्से इन्भारोमेन्ट सोलुसन प्रालिले आयोजनाको वातावरणीय र सामाजिक प्रभाव मूल्याङ्कनलाई अगाडि बढाएको छ । सोलुसनका आर्थिक, सामाजिक तथा सांस्कृतिक विज्ञ मुक्ति ढुङ्गानाले आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । म्याग्दी र मुस्ताङका जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखसहितको टोलीले शुक्रबार आयोजना क्षेत्रको स्थलगतरूपमा अनुगमन गरेको थियो । 

आयोजनाबाट वार्षिक एक अर्ब पाँच करोड ५५ लाख ५२ हजार तीन सय १३ युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । जसअनुसार बर्खामा ७१ करोड ७३ लाख ३८ हजार र सुक्खायाममा ३३ करोड ८१ लाख १३ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ । सुक्खायाममा आयोजनाको पेकिङ अवधि दैनिक छ घण्टा हुने छ । आयोजनाले सुक्खायाममा पनि दैनिक छ घण्टा एक सय ८० मेगावाट बिजुली उत्पादन गर्ने छ । रन अफ दि रिभर प्रकृतिको आयोजनालाई अर्ध जलाशय बनाउन विद्युत् विकास विभागले सैद्धान्तिक सहमति दिएको थियो ।