८ मंसिर, २०८१ शनिबार
08:00:06 AM
३ माघ, २०७८
नेपाल विजनेस समाचारदाता,
३ माघ, काठमाडौँ : नेपाल आयल नियमले घाटैघाटाको व्यापार देखाएको छ । सोमबार निगमलने मुल्य बढाउनुपर्ने बाध्यता आइलागेको जानकारी दिएर आम नागरिकको मनोविज्ञान बुझ्ने योजनाका साथ विज्ञप्ति जारी गरी विवरण सार्वजनिक गरेको छ ।
विज्ञप्तिमा पेट्रोलमा १५ दिनमा ४२ दशमलव ७९ करोड, डिजेलमा ७९ दशमलव ९९ करोड र एलपी ग्याँसमा ११४ दशमलव ८६ करोड घाटा रहेको उल्लेख छ ।
निगमनका अनुसार आइतबार प्राप्त नयाँ मूल्य अनुसार निगमनलाई १५ दिनमा रु २ अर्ब २४ करोड घाटा हुनेछ । विज्ञप्तिमा पेट्रोलमा १५ दिनमा ४२ दशमलव ७९ करोड, डिजेलमा ७९ दशमलव ९९ करोड र एलपी ग्याँसमा ११४ दशमलव ८६ करोड घाटा रहेको उल्लेख छ ।
मट्टितेलमा १ दशमलब ८७ करोड, हवाई इन्धानमा ११ दशमलब ३७ करोड नाफा रहेको निगमले सार्वजनक गरेको विवरणमा उल्लेख छ । निगमले चालु आर्थिक वर्षको ६ महिनामा इन्डियन आयल कर्पाेरेशनले १२ पटक मुल्य समायोजन गरेको र अधिकांश पटक बढाएको तर नेपालमा जम्मा तीन पटक मात्रै समायोजना भएको दावी गरेको छ ।
मट्टितेलमा १ दशमलब ८७ करोड, हवाई इन्धानमा ११ दशमलब ३७ करोड नाफा
जसअनुसार पछिल्लो ६ महिनामा १९ अर्ब २६ करोड घाटा भएको सार्वजनिक गरेको छ । अब मूल्य समायोजन नगर्ने हो भने आगामी १५ दिनमा २ अर्ब २४ करोड घाटा हुने र माघसम्ममा २१ अर्ब ५० करोड घाटा बेहोर्नुपर्ने उल्लेख गरेको छ ।
उसले भारतमाभन्दा नेपालमा पेट्रोोलमा प्रतिलिटर ३८ रुपैया ३ पैसा, डिजेलमा ३१ रुपैया १२ पैसा र ग्याँसमा प्रतिसिलिण्डर ५० रुपैया ६५ पैसा सस्तो रहेको पनि जानकारी दिएको छ ।