पाल्पाका महिला साबुन उत्पादनमा सक्रिय, कसले गर्यो सहयोग ?
बिहान–साँझ घरायसी कामकाजमा व्यस्त रहने महिला दिउँसो फुर्सदको समय आयआर्जनमा खर्चेर सामान्य घरखर्च चलाउन सकिन्छ भन्ने उदाहरणीय कार्यमा सीता घर्ती, राधा खण्डलुक, निशा खड्का, पूजा जिसी, केशमाया राउत, सरिता खड्कालगायत लागिरहनुभएको छ ।