२१ बैशाख, २०८१ शुक्रबार

11:20:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भृकुटीमण्डपमा भएको फ्लोरा एक्स्पोमा ८४ लाखको कारोबार, अवलोकनकर्ता कति ?

Nepal Business

१९ चैत, २०७९

मेलामा विशेषगरी घरभित्र सजाउन प्रयोग गरिने फूल र घर बाहिर बगैँचामा सजावटको लागि प्रयोग गरीले फूल उपभोक्ताको रोजाइमा परेको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा सञ्चालन गरिएको मेलामा ७० वटा कक्ष रहेका छन् । जसमा व्यवसायी ६० छ भने सूचनामूलक १० कक्ष रहेका छन् । मेलामा चार सय ५० भन्दा बढी फूल बिरुवाको प्रदर्शन गरिएको छ ।

भृकुटीमण्डपमा भएको फ्लोरा एक्स्पोमा ८४ लाखको कारोबार, अवलोकनकर्ता कति ?

पुष्प व्यवसायको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित सुरु भएको २४औँ फ्लोरा एक्स्पो मेलामा लक्ष्यभन्दा बढी रु ८४ लाखको आर्थिक कारोबार भएको छ ।  

यही चैत १७ देखि सुरु भएको मेलामा ३८ हजारले अवलोकन गरेका छन् । मेलामा जम्मा रु ७५ लाख कारोबार हुने लक्ष्य लिइएको थियो तर तीन दिनमै लक्ष्यभन्दा बढी कारोबार भइसकेको छ । सोमबारसम्म रु एक करोड कारोबार हुने फ्लोरिकल्चर एशोसिएशन नेपालको अध्यक्ष मीनबहादुर तामाङको विश्वास छ । उहाँका अनुसार करिब ५० हजारले मेलाको अनुगमन गर्नेछन् ।  

यही चैत १७ देखि सुरु भएको मेलामा ३८ हजारले अवलोकन गरेका छन् । मेलामा जम्मा रु ७५ लाख कारोबार हुने लक्ष्य लिइएको थियो तर तीन दिनमै लक्ष्यभन्दा बढी कारोबार भइसकेको छ । सोमबारसम्म रु एक करोड कारोबार हुने फ्लोरिकल्चर एशोसिएशन नेपालको अध्यक्ष मीनबहादुर तामाङको विश्वास छ । उहाँका अनुसार करिब ५० हजारले मेलाको अनुगमन गर्नेछन् ।  

मेलामा विशेषगरी घरभित्र सजाउन प्रयोग गरिने फूल र घर बाहिर बगैँचामा सजावटको लागि प्रयोग गरीले फूल उपभोक्ताको रोजाइमा परेको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा सञ्चालन गरिएको मेलामा ७० वटा कक्ष रहेका छन् । जसमा व्यवसायी ६० छ भने सूचनामूलक १० कक्ष रहेका छन् । मेलामा चार सय ५० भन्दा बढी फूल बिरुवाको प्रदर्शन गरिएको छ ।  

त्यसैगरी नर्सरी व्यवसायीद्वारा उत्पादित आलङ्कारिक फूल बिरुवा, मौसमी फूल, स्टल सजावट, बगैँचा सजावट, पुष्प सजावटजस्ता उत्कृष्ट विधामा प्रतिस्पर्धा गराइ पुरस्कृतसमेत मेलामा गराइनेछ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको मालामात्रै भारतबाट ल्याउने गरिएको छ । अन्य समयमा प्रयोग हुने फूलमा भने देश आत्मनिर्भर भइसकेको छ ।

फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ ।