७ मंसिर, २०८१ शुक्रबार

12:47:25 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

करको दायरा बढाउन अर्थमन्त्रीसमक्ष चेम्बरको आग्रह

Nepal Business

२१ चैत, २०७९

अध्यक्ष मल्लले सीमामा हुने अवैध व्यापारलाई पनि निरुत्साहित गरी करको दायरामा ल्याउनुपर्ने बताउनुभयो । बिल लिने÷दिने व्यवस्थालाई पनि अनिवार्यरूपमा कार्यान्वयनमा ल्याउनुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष मल्लले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि छिटोभन्दा छिटो एकल ब्याजदर कायम गर्न आग्रह गर्नुभयो ।

करको दायरा बढाउन अर्थमन्त्रीसमक्ष चेम्बरको आग्रह

अर्थमन्त्री डा प्रकाशशरण महतसमक्ष नेपाल चेम्बर अफ कमर्सले करको दायरा बढाउन आग्रह गरेको छ ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितको टोलीले आज अर्थमन्त्री डा महतलाई भेटेर करको दायरा बढाएर राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न आग्रह गरेको हो । “करको दर वृद्धि गर्नुभन्दा करको दायरा बढाउनुपर्छ, यसका लागि नागरिकतासँगै प्यानकार्डको पनि व्यवस्था गरिनुपर्छ”, चेम्बरले भनेको छ ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितको टोलीले आज अर्थमन्त्री डा महतलाई भेटेर करको दायरा बढाएर राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न आग्रह गरेको हो । “करको दर वृद्धि गर्नुभन्दा करको दायरा बढाउनुपर्छ, यसका लागि नागरिकतासँगै प्यानकार्डको पनि व्यवस्था गरिनुपर्छ”, चेम्बरले भनेको छ ।

अध्यक्ष मल्लले सीमामा हुने अवैध व्यापारलाई पनि निरुत्साहित गरी करको दायरामा ल्याउनुपर्ने बताउनुभयो । बिल लिने÷दिने व्यवस्थालाई पनि अनिवार्यरूपमा कार्यान्वयनमा ल्याउनुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष मल्लले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि छिटोभन्दा छिटो एकल ब्याजदर कायम गर्न आग्रह गर्नुभयो ।

उहाँले तरलता अभावलाई व्यवस्थित गर्नका लागि पूँजीगत खर्चमा टाइम बाउण्ड एक्सन प्लान बनाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । चेम्बरले रेमिट्यान्सको पैसालाई उत्पादनमूलक क्षेत्रमा लगानी प्रोत्साहन गर्न आग्रह गरेको छ ।

भेटमा अर्थमन्त्री डा महतले सरकारले अर्थतन्त्रको पछिल्लो अवस्थालाई गम्भीरताका साथ लिएको बताउनुभयो । बजेट र मौद्रिक नीतिको सफल कार्यान्वयनका लागि समन्वय भइरहेको उहाँको भनाइ थियो । “अर्थतन्त्र चलायमान हुन सकेको छैन, यस विषयमा मैले नेपाल राष्ट्र बैंकका गर्भनरलगायत सरोकारवाला निकायका सचिवहरूसँग पनि छलफल गरिरहेको छु”, उहाँले भन्नुभयो ।

लक्ष्यअनुसार कर उठ्न नसकेको विषयमा भन्सारका अधिकारीहरूसँग आफूले जानकारी लिइरहेको उहाँको भनाइ थियो । आगामी आर्थिक वर्षदेखि अर्थतन्त्रले लय समाउने मन्त्री डा महतले विश्वास व्यक्त गर्नुभयो ।