२३ बैशाख, २०८१ आइतबार

08:46:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्र बैंकले भोलि सोमबार २८ अर्ब आन्तरिक ऋण उठाउँदै

Nepal Business

१९ चैत, २०७९

२८ दिन अवधिको ४ अर्ब मध्ये २ अर्ब नयाँ हो भने बाँकि २६ अर्ब ५ करोडलप बिल यस अघि जारी गरिएका पुरानो ट्रेजरी बिलको नवीकरण हो ।

राष्ट्र बैंकले भोलि सोमबार २८ अर्ब आन्तरिक ऋण उठाउँदै

नेपाल राष्ट्र बैंकले सोमबार २८ अर्ब बढी आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकले चैत्र २० गते सोमबार २८ अर्ब ५ करोडको ट्रेजरी बिल बोलकबोल गरि मंगलबार बिल निष्काशन गर्ने तयारी गरेको हो ।

राष्ट्र बैंकले २८ दिन अवधिको ४ अर्बको ट्रेजरी बिल, ९१ दिन अवधिको ७ अर्ब ७५ करोडको ट्रेजरी बिल,  १८२ दिन अवधिको ५ अर्ब ३० करोडको ट्रेजरी बिल, र ३६४ दिन अवधिको ११ अर्बको  ट्रेजरी बिल  बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । 

राष्ट्र बैंकले २८ दिन अवधिको ४ अर्बको ट्रेजरी बिल, ९१ दिन अवधिको ७ अर्ब ७५ करोडको ट्रेजरी बिल,  १८२ दिन अवधिको ५ अर्ब ३० करोडको ट्रेजरी बिल, र ३६४ दिन अवधिको ११ अर्बको  ट्रेजरी बिल  बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । २८ दिन अवधिको ४ अर्ब मध्ये २ अर्ब नयाँ हो भने बाँकि २६ अर्ब ५ करोडलप बिल यस अघि जारी गरिएका पुरानो ट्रेजरी बिलको नवीकरण हो  ।   

सोमबारको बोलकबोल गरेपछि राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत समय समयमा यस्ता ऋणपत्र बिक्री गर्दछ। 

राष्ट्र बैंकले यस अघि चैत्र १३ गते ट्रेजरी बिल बोलकबोल गरेको थियो ।