७ मंसिर, २०८१ शुक्रबार

12:28:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एफएनसीसीआइको निर्वाचन ११८ जनाको उम्मेदवारी दर्ता २ जना सर्वसम्मत

Nepal Business

२१ चैत, २०७९

आउँदो निर्वाचनमा वरिष्ठ उपाध्यक्षको पदमा ३ जनाले उम्मेदवारी दिएका छन् । अन्जान श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठले उम्मेदवारी दिएका हुन् । यी तीन उम्मेदवारमध्यबाट १ जना वरिष्ठ उपाध्यक्ष चुनिनेछन् ।

एफएनसीसीआइको निर्वाचन ११८ जनाको उम्मेदवारी दर्ता २ जना सर्वसम्मत

नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा ११८ जनाले उम्मेदवारी दिएका छन् । कूल ६४ पदमा हुने निर्वाचनमा ११८ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत लिलामणी पौडेलले जानकारी दिए ।

यही चैत २९ गते हुने निर्वाचनमा उम्मेदवारी दर्ताको समय आज ५ बजेसम्म तोकिएको थियो । यो समयावधिमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, केन्द्रीय सदस्यसहित संस्थापक र द्वीराष्ट्रिय पदमा गरी कूल ६४ जना चाहिन्छ । जसमध्ये ११८ जनाले उम्मेदवारी दिएका छन् ।

यही चैत २९ गते हुने निर्वाचनमा उम्मेदवारी दर्ताको समय आज ५ बजेसम्म तोकिएको थियो । यो समयावधिमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, केन्द्रीय सदस्यसहित संस्थापक र द्वीराष्ट्रिय पदमा गरी कूल ६४ जना चाहिन्छ । जसमध्ये ११८ जनाले उम्मेदवारी दिएका छन् ।

आउँदो निर्वाचनमा वरिष्ठ उपाध्यक्षको पदमा ३ जनाले उम्मेदवारी दिएका छन् । अन्जान श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठले उम्मेदवारी दिएका हुन् । यी तीन उम्मेदवारमध्यबाट १ जना वरिष्ठ उपाध्यक्ष चुनिनेछन् ।

यसबाहेक जिल्लानगर, वस्तुगत र एसोसिएटमा गरी ३ उपाध्यक्ष चाहिनेमा ८ जनाको उम्मेदवारी परेको छ । समान १–१ जना उपाध्यक्ष चाहिने जिल्लानगर र वस्तुगततर्फ ३र३ जनाले उम्मेदवारी दिएका छन् । यस्तै, १ उपाध्यक्ष चुनिने एसोसिएटतर्फ २ जनाको उम्मेदवारी परेको पौडेलले जानकारी दिए ।