४ बैशाख, २०८१ मंगलबार

10:26:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य ६ सयले बढ्यो, कति पुग्यो तोलाको ?

२४ साउन, २०७९

सुनको मूल्य ६ सयले बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो।

मंगलबार छापावाल सुन प्रतितोला ९६ हजार ९०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो (सोमबार) सुनको मूल्य स्थिर रहेको थियो। यस दिन छापावाल सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर १ हजार २४० रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको मूल्य स्थिर रहँदै १ हजार २०५ रुपैयाँमा किनबेच भएको थियो।