१ कार्तिक, २०८२ शुक्रबार

01:52:50 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

६ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलको ?

१९ भदौ, २०७९

६ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलको ?

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो। यस दिन छापावाल सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

गत शुक्रबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो। उक्त दिन छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आइतबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ११० रुपैयाँ कायम भएको छ । गत शुक्रबार पनि तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार १०५ रुपैयाँमा किनबेच भएको थियो।